अर्जेन्टिनाले जित्यो विश्वकप फुटबलको उपाधि, कति रकम पाउँछ विश्वविजेताले ?
कतार, अर्जेन्टिनाले विश्वकप फुटबल २०२२ को उपाधि जितेको छ । कतारमा भएको यस वर्षको फुटबल प्रतियोगिताको फाइनल खेलमा पेनाल्टी शुटआउटमा साबिक विजेता फ्रान्सलाई ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा समाप्त भएको थियो । उक्त अवधिमा अर्जेन्टिनाका लागि लियोनल मेस्सीले २३औँ मिनेटमा र एन्जेल डि मारियाले ३६औँ मिनेटमा गोल गरेका थिए । तर फ्रान्सका केलियन एम्बाप्पेले ८०औँ मिनेटमा पेनाल्टी र ८१औँ मिनेटमा गोल गर्दै बराबरीमा ल्याएका थिए । त्यसपछि अतिरिक्त ३० मिनेट थप भएको थियो । त्यसमा १०८औँ मिनेटमा मेस्सीले नै अर्को गोल गरेपछि अर्जेन्टिनाले अग्रता लिएको थियो । तर ११८औँ मिनेटमा फेरि एमबाप्पेले पेनाल्टीमा गोल गर्दै बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल नभएपछि खेल पेनाल्टी शुटआउटमा गयो ।
सो क्रममा साबिक विजेता फ्रान्सका खेलाडी चुकेसँगै अर्जेन्टिनाले उपाधि जित्न सफल भयो । फ्रान्सका दुई खेलाडीले पेनाल्टीमा चुक्दा लगातार दोस्रोपटक विश्वकप उचाल्न फ्रान्स असफल रह्यो ।
विश्वकप उपाधि जितेसँगै अर्जेन्टिनाले चार करोड २० लाख अमेरिकी डलर पाउनेछ । त्यस्तै फ्रान्सले तीन करोड डलर पुरस्कार पाउनेछ । सन् २०१८ मा विजेता बनेको फ्रान्सले तीन करोड ८० अमेरिकी डलर पुरस्कार रकम पाएको थियो ।
विश्व फुटबल महासंघ फिफाका अनुसार यो विश्वकपमा सहभागी हरेक फुटबल टोलीले ९० लाख डलर पाउनेछन् । त्यसबाहेक प्रतियोगिता तयारीका लागि सबै टोलीले १५ लाख डलर पाएका थिए ।
यो विश्वकपमा तेस्रो भएको क्रोएसियाले दुई करोड ७० लाख पुरस्कार रकम पाएको छ भने क्रोएसियासँग हारेको मोरक्कोले पनि दुई करोड ५० लाख डलर पाएको छ ।गत वर्ष फिफाले साढे सात अर्ब डलर आम्दानी गरेको थियो । फिफाले प्रत्यक्ष प्रसारण, प्रायोजन, टिकेट र आतिथ्य बिक्रीबाट आम्दानी गर्ने गर्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया