Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारठगी गरेको आरोपमा मनि एक्सपेलका अध्यक्ष सुनिल श्रेष्ठ पक्राउ

ठगी गरेको आरोपमा मनि एक्सपेलका अध्यक्ष सुनिल श्रेष्ठ पक्राउ


काठमाडौं । मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड (मेक्स)का अध्यक्ष तथा प्रबन्ध निर्देशक सुनिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कमोडिटी बजारको नाममा सर्वसाधरणलाई ठगी गरेको आरोप प्रहरीले उनलाई पक्राउ गरेको हो ।

धितोपत्र ऐनविपरीत कारोबार गरी सर्वसाधरणलाई ठगी गरेको भन्दै उनीविरुद्ध काठमाडौं प्रहरीमा उजुरी परेको थियो । प्रहरीमा उजुरी परेपछि श्रेष्ठलाई काठमाडौं प्रहरीले शनिबार पक्राउ गरेको हो । श्रेष्ठबाट पीडित भएका एक व्यक्तिका अनुसार उनलाई आइतबार जिल्ला अदालत काठमाडौंले सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ । धितोपत्र बोर्डले २०७४ मा ऐन जारी गर्नुअघि निर्बाध सञ्चालनमा आएको यो कारोबारमा १३ सय जनाभन्दा बढी जोडिएको ती पीडितको भनाइ छ । वस्तु विनिमय बजार भनिने कमोडिटी बजार यसअघि नै विवादित बनेको थियो । व्यवस्थापिका संसद्मा समेत यस विषयमा चर्चा भएको थियो । तत्कालीन व्यवस्थापिका संसद्ले विधायक नै पारित गरेपछि वस्तु विनिमय बजारसम्बन्धी नियमावली २०७४ जारी गरेको थियो । सोही नियमावलीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

स्रोतका अनुसार श्रेष्ठ मातहतमा २० वटाभन्दा बढी कम्पनीले विनिमय बजारको स्पट र फिचर्स कारोबार गरिरहेका थिए । नियमावली लागू भएपछि एक्सचेन्ज कम्पनीहरू धितोपत्र बोर्डमा दर्ता हुनुपर्ने भए पनि उनीहरू दर्ताविना नै सञ्चालनमा रहेका थिए । यस्तै उनीहरूले गैरकानुनी रूपमा आईपीओ निष्काशन समेत गरेको भेटिएको थियो । श्रेष्ठबाट अन्य व्यक्ति समेत ठगिएको भन्दै प्रहरी कार्यालय धाउने क्रम बढेको स्रोतको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x