हिमाल आरोहणका क्रममा चिप्लिएर घाइते भएका स्पेनी नागरिकको उद्धार
सोलुखुम्बु । सोलुखुम्बुस्थित आमादब्लम हिमाल आरोहणका क्रममा चिप्लिएर खुट्टा मर्किएका स्पेनी ओरोहीको सिम्रीक एयरले उद्धार गरेको छ । स्पेनी नागरिक जापाता लोपेज सोजे म्यानुएललाई आमादब्लम हिमालको छ हजार तीन सय मिटरको उचाइबाट उद्धार गरिएको हो । सिम्रीक एयरले डोरीको प्रयोग गरी रेस्क्यु गरेर उनलाई बेसक्याम्प झारेको थियो । बेसक्याम्पबाट उनलाई उपचारका लागि सिम्रीक एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।
म्यानुएल आइतबार आमादब्लम हिमालको आरोहण गर्दै थिए । पहिलो क्याम्पबाट समीट जाने क्रममा दोस्रो र तेस्रो क्याम्पका बीचमा म्यानुएल चिप्लिएका थिए । सो क्रममा उनको खुट्टा ठोक्किएर मर्किएको थियो । म्यानुएल ‘एट कजी एक्सपिडिसनबाट आमादब्लम हिमाल आरोहण गर्न गएका थिए । सिम्रीक एयरका पाइलट सिद्धार्थ गुरुङ, उद्धार विशेषज्ञ छिरिङ डेन्डुप भोटे र आङ तासी शेर्पाले लङ लाइनमार्फत आमादब्लम हिमालबाट म्यानुएलको उद्धार गरेका हुन् । सो स्थानमा हेलिकोप्टर अवतरण गर्न असम्भव भएकाले लङ लाइन (डोरी)मार्फत म्यानुएलको उद्धार गरिएको हो । उद्धारमा खटिएका शेर्पाले निकै कठिनाइका बीच म्यानुएलको उद्धार गर्न सफल भएको बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया