सेयर लगानीकर्तालाई सहजता प्रदान गर्दै स्मार्ट कारोबार मोबाइल एप, यस्ता छन् विशेषता
काठमाडौं । सेयर लगानीकर्ताहरूलाई सहजताका साथ प्राविधिक विश्लेषणको सुविधा प्रदान गर्दै स्मार्ट कारोबार मोबाइल एप सञ्चालनमा आएको छ । होम सर्भिस ट्रेड लिंक प्रालिले डेभलप गरेको एप यसअघि अनौपचारिकरूपमा सञ्चालनमा आए पनि अहिले ‘फुल भर्सन’ लन्च भएको हो । एक वर्षअघि नै स्मार्ट कारोबारको ‘बेटा भर्सन’ सार्वजनिक भए पनि तथ्यपरक तथ्याङ्क उपलब्ध गराउने प्रणालीको विकासमा समय लागेका कारण स्मार्ट कारोबारको अपडेटेड भर्सन लन्च हुन सकेको थिएन । सबै प्राविधिक कमी कमजोरीहरूलाई सुधार गरेपछि होम सर्भिसले स्मार्ट कारोबार एप गुगल प्लेस्टोरमा उपलब्ध गराएको हो ।
एपमा प्राविधिक विश्लेषणका अतिरिक्त वाचलिस्ट, लाइभ डाटा, एभरेज प्राइस, कम्पनी स्टाटस, कोरिलेसन, अड लट, फिबोनाची, न्यारो रेन्जजस्ता फिचरहरू छन् । यो एपले सेयरसम्बन्धी अनुभव भएका व्यक्तिहरूलाई मात्र नभई सेयर बजारको ज्ञान नभएका व्यक्तिहरूलाई पनि ज्ञान हासिल गर्न सहयोग गर्ने होम सर्भिस ट्रेड लिंकका प्रबन्ध निर्देशक दामोदर श्रेष्ठले बताए ।
‘म आफैँ प्राविधिक विश्लेषण गर्छु । आफू पनि सक्रियरूपमा सेयर कारोबार गरिरहेको बेला कम्पनी एनालाइसिस गर्न समय लाग्ने भएकाले लगानीकर्ताको समय बचत होस् भन्नका लागि सूचीकृत सबै कम्पनीको रियलटाइम एनालाइसिस एपमा उपलब्ध गराइएको हो’, प्रबन्ध निर्देशक श्रेष्ठले भने । उनका अनुसार अड लटको सेयर किनबेचका सम्बन्धमा जानकारी आदानप्रदान गर्न अडलट फोरम पनि एपमा उपलब्ध गराइएको छ ।
यसैगरी एपमा उपलब्ध गराइएका फिचरहरूलाई लिएर प्रयोगकर्तामा कुनै द्विविधा भएमा उक्त द्विविधाहरू हटाउनका लागि निःशुल्क तालिम प्रदान गरिने श्रेष्ठले जानकारी दिए । यसैगरी प्याकेजमा उपलब्ध गराइएका सेवाहरू प्रयोग गर्नका लागि प्रयोगकर्ताहरूले बेसिक प्याकेज तथा प्रिमियम प्याकेज खरिद गर्न सक्नेछन् । एप प्रयोगकर्ताहरूले १५ दिनसम्म परीक्षणका लागि सबै फिचरहरू निःशुल्क प्रयोग गर्न पाउनेछन् भने त्यसपछिको बेसिक प्याकेज मासिक एक सय ९९ रूपैयाँमा र प्रिमियम प्याकेज मासिक तीन सय ९९ रूपैयाँमा लिन सक्नेछन् । यस्ता प्याकेजको वार्षिक भुक्तानीमा ३५ प्रतिशत छुट उपलब्ध गराउने श्रेष्ठले जानकारी दिए । यी प्याकेजको रकम भुक्तानी इसेवाबाट गर्न सकिनेछ । यसका साथै तीन जनालाई रिफरल पठाएर एक महिनाको प्रिमियम प्याकेज निःशुल्क प्रयोग गर्न सकिन्छ ।
नेपाली सेयरबजारमा नवलगानीकर्ताहरू प्रवेश गर्दा बजारमा आकर्षण बढे पनि सेयरबजारसम्बन्धी ज्ञान नहुँदा धेरै मानिसहरू नोक्सान व्यहोर्न बाध्य छन् । त्यस्ता लगानीकर्ताहरूले यो एपबाट धेरै जानकारी तथा सूचनाहरू, तुलनात्मक अध्ययनलगायतको सदुपयोग गर्न सक्छन् । यस आधारमा लगानीकर्ताहरूलाई सेयरसम्बन्धी ज्ञान प्राप्त गर्न स्मार्ट कारोबार एप महत्वपूर्ण हुने श्रेष्ठको दाबी छ । लन्च भएको केही दिनमा नै एपका प्रयोगकर्ताहरूको संख्या चार हजारभन्दा धेरै पुगेको छ । एप तथा एपभित्रको फिचर सजिलै बुझ्न र चलाउन सकिने भएकोले डाउनलोड गर्नेको संख्या दिनहुँ बढिरहेको कम्पनीका प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।
यसैगरी हरेक साँझ ६ बजे स्मार्ट कारोबारको टिमले जुममार्फत एपभित्रका सम्पूर्ण फिचरको बारेमा जानकारीमूलक छलफल गर्नुका साथै निःशुल्क प्राविधिक विश्लेषण समेत गराउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया