१४ अंकले उकालो लागे पनि एक अर्ब पुग्न सकेन सेयर कारोबार
काठमाडौं । सेयरबजार परिसूचक उकालो लागेको छ । अघिल्लो दिन झिनो अंकले उकालो लागेको बजार परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार पुनः १४ दशमलव २२ अंकले उकालो लागेर १८ सय ७३ दशमलव ११ विन्दुमा चढेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६८ अंकले उकालो लागेर तीन सय ६६ दशमलव ६५ विन्दुमा चढेको छ । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय ५७ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । जसबाट २३ हजार तीन सय ४४ पटकको कारोबारमा ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ९३ करोड आठ लाख ३९ हजार नौ सय एक रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यस दिन कारोबार भएका कुल उपसमूहरुमध्ये सबै उपसमूहहरुको सूचक उकालो लागेर सेयरबजार परिसूचक पूरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक छ दशमलव ८७ अंकले उकालो लागेर १२ सय ७२ दशमलव ११ विन्दुमा चढेकोमा विकास बैंक उपसमूहको सूचक पनि आठ दशमलव ३० अंकले उकालो लागेर तीन हजार दुई सय ९८ दशमलव २९ विन्दुमा चढेको छ । फाइनान्स उपसमूहको सूचक पनि छ दशमलव ३१ अंकले उकालो लागेर १४ सय ९५ दशमलव ८७ विन्दुमा चढेकोमा जलविद्युत् उपसमूहको सूचक पनि १४ दशमलव ८५ अंकले उकालो लागेर १९ सय ६३ दशमलव ८४ विन्दुमा चढेको छ ।
जीवन बीमा उपसमूहको सूचक पनि ८३ दशमलव ८५ अंकले उकालो लागेर नौ हजार एक सय ३६ दशमलव ८३ विन्दुमा चढेकोमा निर्जीवन बीमा उपसमूहको सूचक पनि सात दशमलव ८३ अंकले बढेर सात हजार चार सय ३७ दशमलव १५ विन्दुमा चढेको छ । यीबाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र टे«डिङ उपसमूहहरुको सूचक पनि क्रमशः ६४ दशमलव ५१, शून्य दशमलव ११, २२ दशमलव २९, ३० दशमलव २३, शून्य दशमलव शून्य तीन, ३४ दशमलव चार र १५ दशमलव ८१ विन्दुले उकालो लागेका छन् ।
यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर १५ सय सात रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि १० प्रतिशतले नै बढेर नौ सय ९६ रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक धौलागिरि लघुवित्त वित्तीय संस्था, सीवाईसी लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि उकालो लागेका छन् । गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको सनराइज ब्लुचिप फण्डको सेयर मूल्य चार दशमलव ६७ प्रतिशतले घटेर सात रुपैयाँ १५ पैसामा प्रतियुनिट सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको गरिमा डिबेञ्चर २०८५ को सेयर मूल्य पनि तीन दशमलव ९४ प्रतिशतले घटेर आठ सय एक रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रनियुनिट सेयर किनबेच भएको छ । यीबाहेक फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।
यस दिन बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको नेपाल टेलिकमको प्रतिकित्ता नौ सय ३१ रुपैयाँ अन्तिम मूल्यमा छ करोड ३८ लाख ३७ हजार दुई सय १८ रुपैयाँ ६० पैसाको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको सिभिल बैंकको पनि प्रतिकित्ता दुई सय १८ रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा चार करोड तीन लाख ७० हजार तीन सय २८ रुपैयाँ ९० पैसाको सेयर किनबेच भएको छ । यीबाहेक हिमालयन डिष्टिलरी प्रालि, नबिल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया