Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार३७ अर्ब १० करोड रुपैयाँ पुग्यो विकास बैंकहरूको चुक्ता पुँजी

३७ अर्ब १० करोड रुपैयाँ पुग्यो विकास बैंकहरूको चुक्ता पुँजी


काठमाडौं । विकास बैंकहरुको कुल चुक्ता पुँजी ३७ अर्ब १० करोड २० लाख रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो तीन महिनाको अवधिसम्ममा सञ्चालनमा रहेका क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंकहरुले उक्त परिमाणमा चुक्ता पुँजी कायम गरेका हुन । राष्ट्रियस्तरका विकास बैंकहरुले हाल कायम गरेको चुक्ता पुँजीमध्ये सबैभन्दा बढी चुक्ता पुँजी भने मुक्तिनाथ विकास बैंकको देखिएको छ ।

अपरिष्कृत वित्तीय विवरणअनुसार मुक्तिनाथ विकास बैंकले चालू आवको पहिलो त्रैमासिक अवधिसम्ममा पाँच अर्ब ६५ करोड ७१ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । चुक्ता पुँजी बढी हुने राष्ट्रियस्तरको विकास बैंकहरुमध्ये दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकहरुले भने पछिल्लो अवधिमा चार अर्ब ५९ करोड आठ लाख ७३ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ ।

ज्योति विकास बैंक पनि पछिल्लो अवधिमा चार अर्ब २६ करोड ७७ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको आधारमा बढी चुक्ता पुँजी हुने तेस्रो ठूलो बैंक बनेको छ । महालक्ष्मी विकास बैंकले पनि पछिल्लो अवधिमा चार अर्ब एक करोड आठ लाख ८३ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ ।

राष्ट्रियस्तरमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको शाइन रेसुंगा डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकको चुक्ता पुँजी भने क्रमशः तीन अर्ब ७८ करोड १० लाख नौ हजार र तीन अर्ब २८ करोड ४२ लाख ९२ हजार रुपैयाँ रहेको छ । यसैगरी कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले पनि चालू आवको पछिल्लो अवधिसम्ममा क्रमशः तीन अर्ब १४ करोड २५ लाख ७७ हजार र तीन अर्ब एक करोड छ लाख ६९ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।

क्षेत्रीयस्तरको मितेरी डेभलपमेन्ट बैंकले भने चालू आर्थिक वर्षको पछिल्लो अवधिमा ९० करोड ३४ लाख २८ हजार रुपैयाँ न्यूनतम चुक्ता पुँजी कायम गरेको छ । क्षेत्रीयस्तरकै एक्सेल डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले भने चालू आवको पहिलो त्रैमासिक अवधिसम्ममा क्रमशः ९० करोड ८४ लाख ५५ हजार र ८३ करोड ४३ लाख ३८ हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्न सफल भएका छन् । सिन्धु विकास बैंकले पनि चालू आवको पहिलो त्रैमासिक अवधिसम्ममा ५५ करोड ७४ लाख ५६ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । यीबाहेक ग्रिन डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंकले पनि चालू आवको पछिल्लो अवधिमा क्रमशः ५१ करोड ९० लाख र ५० हजार २८ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।

क्षेत्रीयस्तरकै कर्पोरेट डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकले भने चालू आवको पहिलो त्रैमासिक अवधिसम्ममा क्रमशः ५० करोड र २६ करोड २४ लाख ६७ हजार रुपैयाँ चुक्ता पुँजी पु-याएका छन् ।

Open photo


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x