Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशिक्षा एवं स्वास्थ्य उपचार सेवामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उत्कृष्ट

शिक्षा एवं स्वास्थ्य उपचार सेवामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उत्कृष्ट


काठमाडौं । शिक्षा एवं स्वास्थ्य उपचार सेवामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उत्कृष्ट देखिएको छ । हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको देशभरिका सबै संघीय सरकारी अस्पताल तथा देशभित्रका सबै स्वाथ्य विज्ञान प्रतिष्ठानहरूको संयुक्त वार्षिक समीक्षा बैठक २०७८/०७९ को प्रतिवेदनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सबैभन्दा उत्कृष्ट सेवा प्रदान गरिरहेको देखाएको हो ।

उक्त समीक्षा बैठकमा पेस गरिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान गरी नेपाल सरकारअन्तर्गतका छवटै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको प्रगति विवरणको तुलनात्मक अध्ययन गर्दा वीपी कोइराला स्वास्थ्य विज्ञानमा सबैभन्दा बढी उपचारका लागि बिरामी आउने गरेको देखिन्छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक वर्षमा चार लाख ८१ हजार पाँच सय १४ जना बिरामीहरूलाई ओपीडीबाट उपचार सेवा प्रदान गरेको छ । त्यसैगरी, इमर्जेन्सी सेवा एवं भर्ना भई उपचार पाएका बिरामीको संख्या पनि अन्य प्रतिष्ठानभन्दा बढी रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x