टेस्कोले एसियाली स्टोर ८ अर्ब पाउन्डमा बिक्री गर्ने
लन्डन, फागुन २७
बेलायती खुद्रा बिक्रेता टेस्कोले थाइल्यान्ड र मलेसियामा रहेको आफ्नो स्टोरहरु ८ अर्ब पाउन्ड स्टर्लिङमा बिक्री गर्न सहमत भएको छ । सुपरमार्केट कम्पनी टेस्कोले थाइल्यान्ड र मलेसियामा २ हजार स्टोरहरु सञ्चालनमा रहेका छन् । टेस्को लोटस ब्रान्डका रुपमा ती स्टोरहरु सञ्चालनमा छन् । सबै स्टोर थाइल्यान्डको सीपी ग्रुपलाई बिक्री गर्नलागेको हो ।
प्रमुख कार्यकारी डेभ लेविसले यो कारोबारले आफ्नो व्यवसायलाई अझ सहज बनाउने बताए । यसमध्ये ५ अर्ब पाउन्ड सेयर सदस्यलाई नै विशेष लाभांशका रुपमा फिर्ता गरिनेछ । टेस्कोले डिसेम्बरमै आफ्नो एसियाली व्यवसाय किन्न कम्पनीहरु इच्छुक देखिएको खुलासा गरेको थियो । टेस्कोको उक्त स्टोरहरुले ६० हजार मानिसलाई रोजगारी दिएको बताइएको छ । यसबाहेक कम्पनीको स्टोरहरु आयरल्यान्ड र मध्ययुरोपमा रहेको छ । पोल्यान्ड र हंगेरीमा कम्पनीले व्यवसाय गरिरहेको छ । उक्त स्टोर बिक्रीपछि कम्पनीको ऋण घट्ने बताइएको छ । उसले आफ्नो मुख्य ध्यान बेलायत र मध्ययुरोपकै व्यवसायमा रहने पनि जनाएको छ । प्रस्तावित बिक्रीलाई टेस्कोको बोर्डले समेत स्वीकृत गरेको छ । तर अब सेयर सदस्य र नियामक निकायबाट समेत स्वीकृत हुनुपर्नेछ ।
लेविसले भने यसै वर्ष पद छोड्दै छन् । उनले पाँच वर्षे कार्यकाल पूरा गरी पद त्याग गर्न लागेका हुन् । खर्च कटौतीका लागि उनले धेरै रोजगारी कटौतीका कार्यक्रम ल्याइसकेका छन् । सीपी ग्रुप थाइल्यान्डको ठूलो निजी कम्पनी हो । यसले १० हजार वटा सेभेन इलेभेन स्टोर र एसियाकै ठूलो दूरसञ्चार कम्पनी सञ्चालन गर्दै आएको छ । यसअघि पनि लोटसको नामबाट सोही ग्रुपले ती स्टोर सञ्चालन गरेको थियो । तर पछि टेस्कोलाई उसले बेचेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया