नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सिटिजन्स बैंकको विस्तारित काउन्टर
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाग्राहिको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकताहरूलाई मध्यनजर राख्दै आफ्नो तेस्रो विस्तारित काउन्टर सेवा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान काठमाडौं महानगरपालिका वडा नं १४, रविभवन, काठमाडौंमा पुस ०५ गतेदेखि कलंकी शाखाको मातहतमा रहने गरी सञ्चालनमा ल्याएको छ । बैकंका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीको समुपस्थितिमा उक्त विस्तारित काउन्टर सेवा सञ्चालनमा ल्याइएको छ । यसअघि नै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउन्टर र लमजुङ जिल्लामा राइनास विस्तारित काउन्टर सेवा सञ्चालनमा ल्याइसकेको छ ।
सुविधासम्पन्न उक्त विस्तारित काउन्टरमार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिट्यान्ससम्बन्धीको सेवाहरूलगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकहरूलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ८० वटा शाखा, तीनवटा विस्तारित काउन्टर, एक सय ३३ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १५ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया