व्यावसायिक भिसापछि विदेशी लगानी लेखांकन गरिँदै
काठमाडौं । वैदेशिक लगानीलाई व्यवस्थित गर्ने क्रममा उद्योग विभागले विदेशी लगानी लेखांकन गर्ने तयारी गरेको छ । नेपालमा उद्योग तथा व्यवसाय सञ्चालन गर्नका लागि भित्र्याएको रकमको प्रमाण पेश गर्नेलगायतका कामहरु गर्नका लागि नेपाल राष्ट्र बैंकबाट लेखांकन गर्नुपर्ने हुँदा विभागले विदेशी लगानीकर्ताहरुलाई उक्त कार्य गर्न निर्देशन दिएको हो ।
विभागले विदेशी लगानी तथा उद्योग प्रशासनका विषयहरुलाई नीतिगत तहमा व्यवस्थित गर्न प्रचलित कानुनबमोजिम विदेशी लगानी लेखांकन गर्न लागिएको विभागले बताएको छ । यसअघि व्यावसायिक भिसा र वैदेशिक लगानीको न्यूनतम सीमा निर्धारण गरेको थियो विभागले । विदेशी लगानीकर्ताहरु विभिन्न छुट सुविधाका कारण व्यावसायिक भिसा लिने तर व्यवसाय नगर्ने प्रवृत्ति बढेसँगै व्यावसायिक भिसामा कडाइ गरिएको हो ।
विदेशी लगानी स्वीकृत गरी उद्योग दर्ता भई सेयर लागत समेत कायम भएका तर विदेशी लगानीबापतको रकम नेपाल भित्र्याएको प्रमाण पेश गर्न नसकी नेपाल राष्ट्र बैंकबाट लेखांकन÷लेखांकन समर्थन नभएका उद्योगको सेयर खरिदबिक्री, पुनर्लगानी, लगानी फिर्ता लैजाने लगायतका उद्योग प्रशासनका विषयहरुलाई नीतिगत तहमा समाधान गर्ने प्रयोजनार्थ विदेशी लगानीबापतको रकम नेपाल भित्र्याएको प्रमाण पेश गर्न नसकी लेखांकन समर्थन गर्न नसकेका कम्पनी उद्योगहरुले विभागअन्तर्गत विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखामा जानकारी गराउन आग्रह गरिएको छ ।
माघको पहिलो साताभित्र सो जानकारी गराउनुपर्नेछ । जानकारी गराउँदा विदेशी लगानीकर्ताहरुले कम्पनी/उद्योगको नाम र ठेगाना, उद्योगको स्वीकृत उद्देश्य, उद्योगको कुल पुँजी, कुल पुँजीमध्ये विदेशी लगानीको रकम र प्रतिशत, विदेशी लगानी स्वीकृत मिति, हालसम्म विदेशी लगानी भित्रिएको रकम र मिति, लेखांकन हुन नसकेको रकम, कम्पनी रजिष्ट्रारको कार्यालयबाट सेयर लगत कायम भएको रकम र मिति, नेपाल बैंकबाट लेखांकन/लेखांकन समर्थन हुन नसकेको कारण र लेखांकन/लेखांकन समर्थन हुन नसकेको कारणबाट परेको समस्याको विषय खुलाउनुपर्नेछ ।
लेखाङ्कन भन्नाले विदेशीले नेपालमा ल्याएको रकम सम्बन्धमा राष्ट्र बैंकले अभिलेख राख्ने काम हो । राष्ट्र बैंकले प्रत्येक अर्थिक वर्षमा रकम लेखाङ्कन गरे पनि सो रकम सोही आवमा नभित्रिने गरेको राष्ट्र बैंकका अधिकारीहरुको भनाइ छ । विदेशी लगानीकर्ताहरुले नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा लगानी गर्ने भन्दै ठूलो रकम प्रतिबद्धता जनाउने गरेको पाइन्छ तर प्रतिबद्धतापछि लेखांकन व्यवस्थित नहुँदा रकम आए/नआएको विषय भने अन्योलमा रहने गरेको छ, यसलाई व्यवस्थित गर्नका लागि लेखांकन आवश्यक रहेको शाखाका निर्देशक शंकर सिंह धामीले बताए । विदेशी लगानीकर्ताले नेपालमा रकम भित्र्याई लेखांकन समेत गर्ने गरेका छन् तर त्यो पर्याप्त भएको पाइँदैन त्यसैले गर्दा बढीभन्दा बढी रकम लेखांकन होस् र लगानीको यथार्थ जानकारी राज्यले पाओस् भनेर लेखांकनलाई अघि बढाइएको उनको भनाइ छ ।
विदेशी लगानीको उच्च प्रतिबद्धता र लेखांकनको अभावले गर्दा विदेशी लगानीको यथार्थ चित्रण गर्न नसकिरहेको अवस्थामा विभाग रहेको छ । चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा दुई अर्ब २७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । विभिन्न १२ वटा उद्योग तथा व्यवसाय सञ्चालनका निमित्त सो लगानी प्रतिबद्धता आएको हो । लगानी प्रतिबद्धता आए पनि लेखांकन भने हुनसकेको पाइँदैन । विदेशी लगानी लेखांकन नै नभएको अवस्था भने होइन तर व्यवस्थित नहुँदा समस्या देखिएको विभागका अधिकारीहरुको भनाइ रहेको छ । राष्ट्र बैंकले विभागका अतिरिक्त लगानी बोर्डलगायतका संस्थाहरुबाट आएको एफडीआई रकम लेखाङ्कन गर्दै आएको छ ।
लाभांश लैजान, लगानी फिर्ता लैजान, सेयर हस्तान्तरणलगायतका क्रियाकलाप गर्नका लागि राष्ट्र बैंकसमक्ष लेखांकन गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ, सोही व्यवस्थामा रही उद्योग तथा व्यवसायको कारोबार गरिएको अन्तिम समयमा मात्र लेखांकन गर्ने परिपाटीले गर्दा समस्या भएको विभागका अधिकारीहरुको भनाइ छ । वैदेशिक लगानी व्यवस्थित गर्ने क्रममा लेखांकन पनि महत्वपूर्ण रहेको हुँदा यसलाई अघि बढाइएको पाइन्छ ।
विदेशी लगानीकर्ताहरुले व्यावसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्र विदेशी लगानी स्वीकृत गर्ने र सो पश्चात् कम्पनी, उद्योग तथा कर कार्यालयमा दर्ता लगायतका कार्य नगर्ने र विदेशी लगानी समेत भित्र्याउने नगरेको पाइएको थियो । यसबाट व्यावसायिक भिसा प्राप्त गरेका विदेशी नागरिकहरु भिसाको उद्देश्यविपरीतका गतिविधिमा संलग्न समेत हुन सक्ने भएकोले विदेशी लगानी र व्यावसायिक भिसा सिफारिस गर्ने कार्यलाई थप व्यवस्थित र मर्यादित बनाउँदै व्यावसायिक भिसालाई वास्तविक लगानीसँग आबद्ध गर्ने विभाग अग्रसर भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया