Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ आयोजना हुने

‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ आयोजना हुने


काठमाडौं । नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजना तथा संघीय सरकारका विभिन्न मन्त्रालयहरूको साझेदारीतामा सम्मेलन हुने भएको हो ।

‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित सातै प्रदेशमा वृहत नीति संवाद तथा प्रदर्शनी र संघीयस्तरमा अन्तर्राष्ट्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रमाथि केन्द्रित बृहत् नीति संवाद क्रमशः आउँदो माघ मसान्तभित्र र संघीयस्तरको शिखर सम्मेलन फागुन मसान्तभित्र सम्पन्न गर्ने गरी सिबिफिन र एनबीआईबीच सम्झौता भएको छ । सम्झौतामा सिबिफिनको तर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह र एनबीआईको तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरेका छन् । सम्मेलनले ठुला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरू समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवर्द्धन गर्ने र सोको लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पु-याउने उद्देश्य राखेको छ ।

यस्तै सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरूको सिर्जना हुने, लगानीका सम्भावित क्षेत्रहरूको पहिचानसहित लगानी विस्तार हुने, युवा तथा महिलाहरू उद्यम/व्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगहरूको स्तरोन्नतिसहित नवप्रर्वतन क्षेत्रमा लगानी बढ्ने, बैंक तथा वित्तीय क्षेत्रको दिगो प्रवर्द्धन हुने तीन तहकै सरकार, निजी क्षेत्र र कुटनीतिक नियोगबीच सम्बन्ध विस्तार भइ उच्चस्तरको नेटवर्किङ हुने अपेक्षा समेत राखिएको छ । प्रदेशस्तरीय बृहत् नीति संवाद तथा प्रदर्शनी कार्यक्रममा प्रदेश सरकारका उच्चपदस्थ अधिकारी, प्रमुख राजनीतिक दल तथा व्यावसायिक संस्थाका प्रतिनिधि, सम्पूर्ण पालिकाका प्रमुख/उपप्रमुख र विश्वविद्यालयका विद्यार्थीहरूको व्यापक सहभागिता गराई बृहत् बहस हुनेछ । त्यसैगरी शिखर सम्मेलनमा नेपाल सरकार र मातहतका निकायका उच्च अधिकारी, वरिष्ठ राजनीतिज्ञ, विज्ञ र कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय दातृ संस्थाका उच्च अधिकारीहरूको व्यापक सहभागितामा बृहत् नीति संवाद आयोजना गरिनेछ ।

सम्मेलनकै अवसरमा देशभरका पत्रकारलाई लक्षित गरी ‘आर्थिक एवं बैंकिङ क्षेत्रका चुनौती र समृद्धिको मार्गचित्र’ विषयक राष्ट्रियस्तरको लेख लेखन प्रतियोगिता सञ्चालन गरी उत्कृष्ट २५ वटा लेखहरूलाई -याङकिङका आधारमा नगद पुरस्कार र प्रसंशापत्रबाट पुरस्कृत गरिनेछ भने सफल उद्यमी/व्यवसायी, करदाता र बैंक तथा वित्तीय संस्थाहरूलाई समेत अर्वाडमार्फत सम्मान गरिनेछ । नीति संवाद तथा शिखर सम्मेलन समापन भएको ४५ दिनभित्रै नीति संवाद कार्यक्रमहरूबाट प्राप्त निष्कर्षहरूको संश्लेषण/विश्लेषण गरी कोभिड १९ पछिको आर्थिक एवं बैंकिङ क्षेत्रका प्रमुख चुनौती, अवसर र भाबी रोडम्यापबारे भिजन डकुमेन्ट तयार गरी समाधानका लागि सरकार र मातहतका निकायहरूसमक्ष पेस गर्ने र कार्यान्वयनका लागि संयुक्त पहल गरिने आयोजकले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x