काठमाडौं । वैदेशिक रोजगारी नेपाली युवाहरूको बाध्यात्मक अवस्था हो । यो भएन भने आफैँ नै देशमा गरिखाने ठाउँ समेत पाइँदैन । अर्कोतर्फ यस्तो रोजगारी घटेको खण्डमा देशको अर्थतन्त्र नै चल्छ कि चल्दैन भन्ने ठाउँमा छ । यो रोजगारीमा अलिकति यताउता भयो कि अर्थतन्त्र डगमगाउँदोरहेछ भन्ने पछिल्लो समयले नै देखाइसकेको छ । आफ्नो देशमा कुनै वस्तुको उत्पादन हुँदैन तर उता आयात हुनबाट पनि प्रतिबन्ध लगाउनुपरेको छ वैदेशिक मुद्राका कारण । त्यसकारण पनि रोजगारीका लागि विदेश जानेको संख्यालाई दुःखद नै भए पनि राज्यले प्रोत्साहन गर्नुपरेको छ । तर रोजगारीका लागि विदेशमा गएकाहरूको कष्टमय जीवनप्रति भने राज्य बेखबरजस्तै छ । त्यसको पछिल्लो उदाहरण हो विदेशमा रोजगारीमा गएकाहरू लास बनेर फर्कँदा राज्य भने त्यसको गिन्ती गर्ने तहमा मात्रै सीमित रहनु । यो हद हुँदैछ । अब चेत्नु पर्छ ।
सरकारको अभिलेखमा रहेको विवरणअनुसार पछिल्लो तीन वर्षमा तीन हजार एक सय ९९ नेपाली युवाहरूको विदेशी भूमिमा ज्यान गएछ । हालै सार्वजनिक भएको सरकारकोे श्रम, आप्रवासन प्रतिवेदन २०२२ मा यो कुरा उल्लेख भएको छ । मृत्युको यस्तो कुरा बेला–बेलामा आइरहन्थे । हालै कतारमा विश्वकप फुटबल सम्पन्न भएको छ । त्यो खेलमैदान बनाउँदा धेरै नेपालीका ज्यान गएको विवरण अन्तर्राष्ट्रिय संस्थाहरूले दिए तर नेपालले भने त्यसबारे सामान्य अध्ययन पनि गराएको पाइएन । उल्लेख भएको मृतकको संख्या सन् २०१९/०२० देखि २०२२ सम्मको हो । यसमा तीन हजार एक सय १५ जना पुरूष र ८४ जना महिला छन् । ज्यान गुमाएकामा बढी पुरुष हुनुको कारण विदेश जानेमा उनीहरूको संख्या ठूलो हुनु हो । सरकारको उक्त प्रतिवेदनमा प्रदेशगत विवरणहरू उल्लेख भएका छन् । सोअनुासर मधेश प्रदेशका सात सय ५१ जना प्रदेश १ का ७०९ जना, लुम्बिनी प्रदेशका छ सय ७७, गण्डकी प्रदेशका चार सय ७८, बागमती प्रदेशका चार सय नौ जना कर्णाली प्रदेशका एक सय १० र सुदूरपश्चिम प्रदेशका ५६ युवाले ज्यान गुमाएको देखिन्छ । योअनुसार त्यसरी मृत्युवरण नगरेकाहरूको संख्या कुनै प्रदेशमा पनि खाली देखिएन ।
यो रिपोर्ट भएको समयमा विभिन्न मुलुकका अस्पतालमा १६ जना नेपालीहरू जटिल अवस्थामा कोमामा उपचाररत छन् । जसमा १४ जना पुरूष र दुई जना महिला रहेको विवरणले बताउँछ । प्रतिवेदनले भनेअनुसार कतारका विभिन्न अस्पतालमा १३ जना, साउदीमा दुई जना, ओमान र दक्षिण कोरियामा एक÷एक जना कोमामा उपचाररत छन् । कोमामा उपचाररत भनेको पनि अनौपचारिकरूपले मुत्युको मुखमा नै पुगको अवस्था हो । प्रतिवेदन भन्छ कोमामा जानेहरूको संख्या पनि पछिल्ला वर्ष बढ्दै छन् ।
यो समयमा बेपत्ता हुनेको संख्या पनि ठूलो छ । सन् २०१९/०२० मा तीन सय ३६ जना पुरूष र १४ जना महिला बेपत्ता भए भने २०२०/२०२१ मा २९१ पुरूष र १६ महिलाको अत्तोपत्तो रहेन । २०२१/२०२२ मा मात्रै चार सयभन्दा धेरै नेपालीहरू हराएको पाइएको छ । अङ्गभङ्गका अवस्था पनि त्यस्तै छन् । सरकारले यस्तो जोखिमलाई घटाउनुपर्छ र यतिठूलो मानवीय क्षति भइरहेको अवस्थाबाट जोगाउनुपर्छ । सरकारलाई सुझाव हुन्छ यतातिर अविलम्ब कदम चाल ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया