बिरामी चीन, मूल्य चुकाउँदै भारत !
नयाँ दिल्ली । शून्य कोभिड नीति फिर्ता लिएको चीनमा कोभिड महामारीको प्रभाव झन् गहिरिँदै गएको छ । तर चीनमा देखिएको नयाँ लहरको असर भने भारतको फार्मा उद्योगमा देखिएको छ । भारतको फार्मा उद्योग औषधिजन्य र थोक औषधिको लागि चीनमा निर्भर छ ।
चीनमा कोरोनाबाट यी उत्पादनको मूल्यमा भारी वृद्धि आएको छ । पछिल्लो केही दिनयता प्रमुख एपीआई १२ देखि २५ प्रतिशत महँगो भएको छ । उद्योगपतिहरुलाई यसमाथि झन् आपूर्तिजन्य अवरोध हुने डर छ । यसबाट मार्जिन कम हुन्छ भने मूल्य पनि बढ्छ । साथै औषधिकै अभावसम्मको समस्या हुनसक्छ ।
भारतीय अधिकारीहरुका अनुसार चीनबाट आउने एपीआईको मूल्य पछिल्लो दुई हप्तामा २५ प्रतिशतसम्मले बढेको छ । कोरोना महामारीको ताजा लहर चल्दै गर्दा चीनमा एपीआईको घरेलु माग र खपत धेरै बढेको छ । सोही कारण चीनले दोस्रो देशको निर्यात पनि कम गर्दै लगेको छ । चिनियाँ फार्मा उद्योगमा एजिथ्रोमाइसिन, प्यारासिटामोल, ओरल र इन्जेक्टेबल एन्टिबायोटिक्सको एपीआईको मूल्य बढेको औषधि व्यवसायीको भनाइ छ ।
औषधि व्यवसायीका अनुसार पछिल्लो दुई हप्तामा प्यारासिटामोलको एपीआईको मूल्य ४५० भारुले बढेर ५५० भारु प्रतिकिलो पुगेको छ । त्यस्तै एजिथ्रोमाइसिनको मूल्य आठ हजार सात सय भारुले बढेर १० हजार भारु प्रतिकिलो पुगेको छ । एन्टिबायोटिक एमोक्सिसिलिनको लागि एपीआई २८ सय ५० भारुबाट १३ प्रतिशत बढेर ३२ सय भारु प्रतिकिलो पुगेको छ । एपीआई पोटेसियम क्याबुलनेटको मूल्य १७ हजार भारुले बढेर १९ हजार ५ सय भारु प्रतिकिलो पुगेको छ ।
भारतमा जैविक रसायनहरुको आयात जसमा एपीआई पनि सामेल छ । आर्थिक वर्ष २०२२ मा ३९ प्रतिशतले बढेर साढे १२ अर्ब डलर पुगेको छ । यो औषधि बनाउन काम लाग्ने कच्चा सामान हो । यसले पनि भारत औषधिमा चीनसँग कति निर्भर छ भन्ने देखाउँछ । ल्युपिन, सन फार्मास्युटिकल्स, ग्लेनमार्क, म्यानकाइन्ड, डा. रेड्डिज, टोरेन्ट जस्ता भारतीय कम्पनीहरु चिनियाँ आयातमा निर्भर छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया