जापानद्वारा अल्जाइमरको रगत परीक्षण किट स्वीकृत
टोक्यो । जापानले अल्जाइमर रोगको निदानका लागि रगत परीक्षण किटलाई स्वीकृति दिएको किट निर्माण कम्पनी, सिस्मेक्स कर्पोरेसनले बिहीबार बताएको छ । कम्पनीले यो रोगको कारक प्रोटिनको संचय मापन गर्ने किटलाई जतिसक्दो चाँडो बजारमा ल्याउन काम गरिरहेको जनाएको छ ।
अल्जाइमर खास गरी पाको उमेरका व्यक्तिमा देखिने स्वास्थ्य समस्या हो र यसका कारण विरामीको स्मरण शक्ति हराउने गर्छ । अल्जाइमरको निदानको मौजूदा विधिहरु महङ्गा र चिकित्सकीय हस्तक्षेप रहेको छ । अक्सर मस्तिष्कको स्क्यान वा स्पाइनल ट्यापको सहयोग रोगको निदान हुनेगरेका छन् ।
‘सिस्मेक्सले अल्जाइमर रोगको निदानमा समस्याहरू समाधान गर्न मस्तिष्कमा (अमाइलोइड बीटा) को सञ्चयलाई छिटो र सजिलै पहिचान गर्ने प्रविधिको विकास गरिरहेको छ’, कम्पनीले भनेको छ, ‘परम्परागत परीक्षण विधिहरूभन्दा भिन्न तरिकाले किटले रगतको परीक्षण गर्छ, जसले गर्दा बिरामीहरूको शारीरिक, भावनात्मक र आर्थिक बोझ कम हुन्छ ।’
अल्जाइमर्स एसोसिएसन, अमेरिकास्थित समूहले किटको सहायतामा हुने रक्त परीक्षणले रोगको निदान गर्न सरल, सस्तो, गैर–हस्तक्षेपकारी र सहजता मिल्ने जनाएको छ । उसले भनेको छ, ‘भविष्यमा, विरामीहरूले अल्जाइमर र अन्य सबै डिमेन्शियाको निदान प्रक्रियामा क्रान्ति ल्याउने सम्भावना छ ।’
लेकानेमाब नामक नयाँ औषधिले अल्जाइमरका बिरामीको संज्ञानात्मक गिरावटलाई १८ महिनाको अवधिमा २७ प्रतिशतले कम गरेको गत महिना सार्वजनिक तथ्यांकले देखाएको थियो । तथ्यांकले मस्तिष्कको रक्तस्राव र सूजनसहित प्रतिकूल प्रभावहरू पनि प्रकट गर् यो, तर धेरै हदसम्म दीर्घ संज्ञानात्मक रोग भएकाहरूको लागि ‘वास्तविक उपचार विकल्प’ प्रदान गर्ने रूपमा प्रशंसा गरिएको थियो ।
अल्जाइमर रोगमा, दुई प्रमुख प्रोटीनहरू (ताउ र अमाइलोइड बीटा), गाँठा र पाताहरूका रूपमा निर्माण हुन्छन्, जसलाई एकसाथ समुच्चयको रूपमा चिनिन्छ, जसले मस्तिष्कका कोषहरू मर्छन् र मस्तिष्क संकुचनको कारण बन्छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया