इनड्राइभ नेपालको कानुनी निकायमा दर्ता प्रक्रियारत
काठमाडौं । राइडर एप इनड्राइभले नेपालको कानुनी निकायमा कम्पनी दर्ता गर्न प्रक्रिया सुरु गरेको जनाएको छ । सन् २०१९ देखि नै विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐनबमोजिम नेपालमा कानुनी संस्था दर्ता गराउने प्रक्रियामा रहेको कम्पनीले विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।
कम्पनीले १७ अक्टोबर २०२२ मा आवश्यक विदेशी लगानी आवेदन उद्योग विभागमा बुझाएको जनाएको छ । यद्यपि, संस्था दर्ता प्रक्रियाले अपेक्षा गरेभन्दा बढी समय लिइरहेको कम्पनीको भनाइ छ । यस्तै कम्पनीले चालकबाट कुनै कमिसन नलिने जनाएको छ । साथै इनड्राइभले स्थानीय ड्राइभरहरूका लागि थप आम्दानीका अवसरहरू सिर्जना गरेर स्थानीय अर्थव्यवस्थालाई बढावा दिन मद्दत गरिरहेको उल्लेख गरेको छ । यसैगरी इनड्राइभले यात्रु र चालक दुवैका लागि सेवालाई सुरक्षित बनाउन प्रयास गरिरहेको जनाएको छ ।
कम्पनीका अनुसार एपले आफैँमा सुरक्षा प्रवर्द्धन गर्ने सुविधाहरू पनि समावेश गर्दछ, जसमा स्थान–साझेदारी सुविधा र स्थानीय पुलिससँग सिधै जोडिनसक्ने गरी आपत्कालीन कल बटन समावेश गरिएको छ । चालकहरूलाई यात्रुहरूलाई सेवा प्रदान गर्न अनुमति दिनुअघि कम्पनीको कोर टोलीले राम्ररी जाँच र प्रमाणीकरण गरेको जनाएको छ । साथै इनड्राइभ एक भरपर्दो र सुरक्षित यात्राको लागि परिचित रहेको रहेको कम्पनीको दाबी छ । सरकारी निकायहरुले समेत कम्पनीको दर्ता प्रक्रियालाई सहज र तीव्रता प्रदान गर्ने अपेक्षा गरेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया