Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्भेष्टमेन्ट बैंकको ११ प्रतिशत लाभांश

नेपाल इन्भेष्टमेन्ट बैंकको ११ प्रतिशत लाभांश


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ३६औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले बिहीबार बैंक सञ्चालक समितिका अध्यक्ष पृथ्वी बहादुर पाँडेको सभापतित्वमा आफ्नो ३६औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभामार्फत बैंकले आर्थिक वर्ष २०७८/०७९ को खुद मुनाफामध्येबाट आफ्ना सेयरधनीहरूलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांशमा चार प्रतिशत बोनस सेयर र सात प्रतिशत नगद लाभांश रहेको छ । गत आवमा बैंकले छ अर्ब २८ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा तीन अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो । बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी १९ अर्ब तीन करोड रुपैयाँ पुगेको छ ।

बैंकको कुल निक्षेप अघिल्लो वर्ष एक खर्ब ७९ अर्ब ४० करोड रुपैयाँ रहेकोमा २०७८/०७९ एक खर्ब ८६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी कर्जा लगानीतर्फ अघिल्लो वर्ष एक खर्ब ६१ अर्ब ९१ करोड रुपैयाँ रहेकोमा आव २०७८/०७९ मा एक खर्ब ६४ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने निर्णय साधारणसभाले पारित गरेको छ ।

यसबाहेक सभाले मर्जरपश्चात् बन्ने बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहने प्रस्ताव पनि पारित गरेको छ । बैंकको हाल ८८ वटा शाखा, एक सय ३१ वटा एटीएम, २३ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजस्व संकलन काउन्टर तथा ५९ वटा शाखारहित बैंकिङ सेवा रहेको छ । यी सबैमार्फत बैंकले १० लाखभन्दा बढी ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । स्तरीय बैंकिङ सेवा प्रदान गरेबापत बैंकले बेलायतको द फाइनान्सियल टाइम्सले प्रदान गर्ने बैंक अफ दि एयर अवार्ड छैटौं पटक २०२२ मा प्राप्त गर्न सफल भएको छ । साथै बैंकले अन्तर्राष्ट्रिय प्रकाशन युरोमनीले प्रदान गर्ने बैंक बैंक २०१८ र बेष्ठ बैंक २०२१ को युरोमनी अवार्डहरू समेत प्राप्त गरेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x