काठमाडौँ, फागुन २८
परिवारको दबाबमा प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमै केही दिन रहने भएका छन् । मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य सुधारोन्मुख देखिएपछि प्रधानमन्त्री ओली आफैं घर जान तयार भएका थिए । मिर्गाैलाको प्रत्यारोपण गरिएको सातौँ दिन मंगलबार त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख र सन्तोषजनक रहेको बताउँदै केही दिनपछि मात्र निवास फर्काइने जानकारी दिए ।
अस्पतालमा मिर्गाैला प्रत्यारोपणमा संलग्न प्रमुख चिकित्सक टोलीसहितको पत्रकार सम्मेलनमा प्राडा खड्गाले चिकित्सकीय हिसाबले उनी मंगलबार नै घर फर्किन सक्ने भए पनि परिवारको आग्रहअनुसार केही दिन अस्पतालमै राखिने बताए । मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको स्वास्थ्यस्थिति राम्रो भएको र उनलाई पनि प्रधानमन्त्रीसँगै घर फिर्ता गराइने अस्पतालले जनाएको छ । तर, प्रधानमन्त्रीलाई छ महिनासम्म भीडभाडमा नजान अस्पतालले आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पूर्वगृहमन्त्री लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै
- ज्वलनपीडितको निःशुल्क उपचार प्रयासमा सरकार
- कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता
- राजस्व सङ्कलनको लक्ष्य पूरा गर्नेतर्फ उन्मुख वीरगञ्ज भन्सार
- चिनियाँ नेताको प्रधानमन्त्री ओलीसँग भेट
- हालसमम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य
- काठमाडौंले काठमाडौं बचाउन सक्ला ?
- नेपालमा दृष्टिविहीन क्रिकेटको सम्भावना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया