१२ ठाउँमा टाटाको मेगा सर्भिस क्याम्प
काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले विभिन्न १२ ठाउँमा दुई दिने मेगा सर्भिस क्याम्प आयोजना गरेको छ । कम्पनीले आइतबार र सोमबार आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा उक्त मेगा सर्भिस क्याम्पको आयोजना गरेको हो ।
क्याम्प हुने केन्द्रहरुमध्ये तीनवटा काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन् । त्यसैगरी बाँकी नौवटा उपत्यकाबाहिरका स्थानहरु पोखरा, इटहरी, मेची, वीरगन्ज, ढल्केबार, हेटौंडा, धनगढी र नेपालगन्जमा रहेको कम्पनीले जनाएको छ ।
यस क्याम्पमा टाटाका ‘पेसेन्जर’ श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले आवश्यक जाँच गरिनेछ । यस्तो जाँच गराउँदा गाडीधनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्ने सक्नेछन् । क्याम्पमा म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुटलगायत टप वासिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक–अप, ब्याट्री र इलेक्ट्रिकल चेक–अपको सुविधा पनि निःशुल्क प्रदान गरिनेछ । यसको अतिरिक्त यस क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेजअन्तर्गतको चार हजार रुपैयाँ नगद फिर्ताको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार हाल नेपालमा टाटाका ‘पेसेन्जर’ श्रेणीका गाडीहरु बजार द्रुत गतिमा विस्तार भइरहेको छ । यसै सन्दर्भमा यस्ता गाडीहरुको ग्राहकहरुलाई उत्कृष्टभन्दा उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया