Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज पुनः साढे १८ अर्बको ट्रेजरी जारी हुने

आज पुनः साढे १८ अर्बको ट्रेजरी जारी हुने


काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस ११ गते अर्थात् आज सोमबार पुनः १८ अर्ब ५० करोड २५ लाख रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही पुस ४ गते पनि राष्ट्र बैंकले १७ अर्ब ५३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति पुस १२ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमशः ९१ दिने अवधिको छ अर्ब ५० करोड २५ लाख, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँबराबरको रहेको छ । जसमध्ये ९१ दिनेको २०७९ चैत १४ गते, एक सय ८२ दिने अवधिको २०८० असार १२ गते र तीन सय ६४ दिने अवधिको २०८० पुस १० गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज बिक्री हुुने ती ट्रेजरी बिल सबै पुरानो नवीकरणअन्तर्गतका रहेका छन् ।

यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँबराबरको टे«जरी बिल जारी गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x