Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाको संक्रमण चेकजाँच गर्न दक्षिणी सीमा क्षेत्रमा हेल्थ डेस्क

कोरोनाको संक्रमण चेकजाँच गर्न दक्षिणी सीमा क्षेत्रमा हेल्थ डेस्क


धनबहादुर जप्रेल
कञ्चनपुर, फागुन २८
विश्वमा महामारीको रूपमा देखापरेको कोरोना भाइरस (कोभिड –१९)को कारण नागरिकहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गरी कञ्चनपुरको दक्षिणी क्षेत्रमा पनि हेल्थ डेस्क स्थापना गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकाले सोमबार बेलौरीको वैशाखा भन्सार नाकामा हेल्थ डेस्क स्थापना गरेको बेलौरी नगरपालिका स्वास्थ्य शाखाका सीअहेव मानबहादुर चन्दले जानकारी दिए । सोमबार बैशाखा भन्सार कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी हेल्थ डेस्क स्थापना गरिएको हो । उक्त डेस्क प्रत्येक दिन बिहान ९ देखि साँझ ५ बजेसम्म सञ्चालन गरिने बताइएको छ ।

कोरोना भाइरस (कोभिड –१९) छिमेकी राष्ट्र भारतमा पनि देखापरेको र भारतसँगको खुला सीमानाका कारण नेपालमा आवतजावत बढी हुने भएकोले बेलौरीको वैशाखा भन्सार नाकामा स्वास्थ्य परीक्षणका लागि बेलौरी नगरपालिकाले हेल्थ डेस्क स्थापना गरेको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बताए । कञ्चनपुरको दक्षिणी क्षेत्रबाट भारतमा आवतजावत गर्दा वैशाखा भन्सार नाकाको बाटो मात्रै प्रयोग गर्न उनले आग्रह गरेका छन् । यसअघि कञ्चनपुरको गड्डाचौकी, ब्रह्मदेव र झोलुङ्गे पुलमा कोरोना चेकजाँचका लागि भीमदत्त नगरपालिकाको हेल्थ डेस्क सञ्चालनमा ल्याइसकेको छ । कञ्चनपुरका अधिकांश स्थानीय तहहरूले बढी भीडभाड र जमघट हुने मेलामहोत्सव, चाडपर्व, दिवस, भेला, सभा समारोह, सम्मेलनजस्ता कार्यक्रमहरू नगर्न नगराउन सार्वजनिक रूपमा आग्रह गरेका छन् । स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालाहरूले संयुक्तरूपमा जनचेतनामूलक कार्यक्रम गरिरहेका छन् ।

यसैबीच, नेपाल रानाथारू समाज र बेलौरी नगरपालिकाको संयुक्त आयोजनामा फागुन ३० गते गर्ने भनिएको रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरी मिलन कार्यक्रमसमेत स्थगित गरिएको नेपाल रानाथारू समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले जानकारी दिए । सरकारले कोरोनाको संक्रमणबाट बच्न बढी भीडभाड हुने किसिमका कुनैपनि कार्यक्रम नगर्न नगराउन निर्देशन दिएकोले रानाथारू समाजले पनि होरी मिलनका सबै कार्यक्रम स्थगित गरेको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x