Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो वाई३५ स्मार्टफोन–प्रदर्शन र क्यामेराको पावरहाउस !

भिभो वाई३५ स्मार्टफोन–प्रदर्शन र क्यामेराको पावरहाउस !


काठमाडौं । प्रविधि ब्रान्ड भिभोले केही समयअघि नेपालमा भिभो वाई३५ सार्वजनिक गरेको थियो । जुन वाई सिरिजको पोर्टफोलियोमा सबैभन्दा नयाँ मोडेल हो । भिभो वाई सिरिज प्रिमियम विशेषताहरू र शक्तिशाली कार्यसम्पादनका लागि प्रसिद्ध छन् । वाई३५ लाई यसको सुलभ मूल्य तथा आकर्षक विशेषताका कारण प्रयोगकर्ताहरुले निकै रुचाएका छन् । वाई३५ लाई स्मार्टफोन बजारमा सबैभन्दा उत्कृष्ट उत्पादनहरूमध्ये एक बनाउने शीर्ष कारणहरू यस प्रकार छन् :

शक्तिशाली प्रदर्शन : भिभो वाई३५ नवीनतम अक्टा–कोर स्न्यापड्रागन ६८० द्वारा सञ्चालित छ, जुन २.४ गिगाहर्ज घडीको गतिमा चल्छ । यसले ठूला एप्लिकेसनहरू निर्बाध रुपमा कार्य गर्न मद्दत गर्दछ । यो ८जीबी+८जीबी विस्तारित ¥यामको साथमा आउँछ । यसले प्रयोगकर्ताहरूलाई आफ्नो मन पर्ने एपहरू सजिलैसँग चलाउन, डाउनलोड गर्न र एकबाट अर्कोमा स्विच गर्न अनुमति दिन्छ । यसमा १२८जीबी रोम छ जसलाई एक टीबीसम्म विस्तार गर्न सकिन्छ ।

शक्तिशाली ब्याट्री : भिभो वाई३५ मा ५०००एमएएचको शक्तिशाली ब्याट्री छ, जसले ब्याट्री नटिक्ने साझा चिन्तालाई कम गर्दछ । यसको एआई पावर–सेभिङ टेक्नोलोजीका कारण एकपटक पूर्ण चार्ज गरेपछि दुई दिनसम्म, अनलाइन एचडी भिडियो स्ट्रिमिङ गर्दा १४.३ घण्टा र ग्राफिक्स–इन्टेन्सिभ खेलहरूका लागि ७.०५ घण्टासम्म समर्थन गर्न सक्छ । रिभर्स चार्जिङ सुविधाले अन्य उपकरणहरु पनि चार्ज गर्न सकिने कम्पनीको भनाइ छ । फोनमा ४४ वाट फ्ल्यासचार्ज रहेको छ, जसले प्रयोगकर्ताहरूलाई द्रुत रूपमा रिचार्ज गर्न अनुमति दिन्छ ।

उत्कृष्ट क्यामेरा विशेषताहरू : वाई३५ मा शानदार ५०एमपी ट्रिपल रियर क्यामेरा छ, जसले स्पष्ट र सुन्दर तस्बिरहरू लिन मद्दत गर्दछ । यसमा धेरै नवीनतम र फ्ल्यागशिप क्यामेरा विशेषताहरू छन्, जसले प्रयोगकर्ताहरूको लागि समग्र इमेजिङ र भिडियोग्राफी अनुभवलाई सुधार गर्दछ । वाई३५ को भिडियो फेस ब्युटी बोकेह क्यामेरा, मल्टी–स्टाइल पोर्टे«ट सुविधाहरूले प्रत्येक फ्रेमलाई बढाउँछ । दुवै अगाडि र पछाडिको क्यामेरामा सुपर नाइट मोडले कम प्रकाशमा पनि सुन्दर रात्रिदृश्यहरू खिच्न बहु–फ्रेम डिनोइजिङ प्रयोग गर्दछ ।

आकर्षक डिजाइन : वाई३५ मा प्रभावशाली प्रदर्शन र उत्कृष्ट क्यामेराबाहेक यसको लुक पनि उत्तिकै आकर्षक छ । यसमा फ्ल्याट फ्रेम र २.५डी कर्भेचर छ । यसमा फ्रोस्टेड एन्टि–ग्लेयर (एजी) सतह रहेको छ, जसले फोनलाई स्क््रयाच– र फिंगरप्रिन्ट–प्रतिरोधी बनाउँछ । साइड फिंगरप्रिन्ट डिजाइनले पावर बटन र फिंगरप्रिन्ट स्क्यानरको संयोजन गरेर स्मार्टफोनहरूलाई अझ मनमोहक बनाएको छ । यसमा फेस वेक सुविधा पनि छ । यो उपकरण एगेट ब्ल्याक र डन गोल्ड कलर भेरियन्टमा आउँछ । यसको मूल्य नेपालमा ३० हजार नौ सय ९९ रुपैयाँ मात्र छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x