प्रजातन्त्र सेनानी चित्रकारको पुण्यतिथिमा ह्विल चियर र स्ट्रेचर हस्तान्तरण
काठमाडौं । प्रजातन्त्र सेनानी स्व. कमल चित्रकारको १३औँ दिनको पुण्य तिथिका अवसरमा ह्विलचेयर र स्ट्रेचर हस्तान्तरण गरिएको छ । तेह्रौं पुण्य तिथिमा आयोजित श्रद्धाञ्जलिसभाको अवसरमा ह्विलचियर र स्टेचर हस्तान्तरण गरिएको हो ।
प्रदिप्त पुस्तकालयका संरक्षक तेजबहादुर चित्रकारको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जलिसभामा मछिन्द्र क्लबका अध्यक्ष सुनिल कपालीलाई ह्विलचेयर हस्तान्तरण गरिएको हो । काठमाडौं मासँगल्ली २५ वडास्थित प्रदिप्त पुस्तकालयको भवनमा भएको कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ८ का सांसद विराजभक्त श्रेष्ठले स्वर्गीय चित्रकारले सामाजिक कार्य र सांस्कृतिक सम्पदाको संरक्षणमा पु-याएको योगदानको खुलेर प्रशंसा गरेका थिए । चित्रकारको राजनीतिक बाटोलाई पछ्याउँदै आफू यहाँसम्म आउन सफल भएको सांसद श्रेष्ठले सभामा सुनाए । त्यसैगरी नेपाली कांग्रेस काठमाडौं महानगर समितिका सभापति निलकाजी शाक्यले समाजसेवी चित्रकारलाई गुमाउँदा समाजलाई ठूलो क्षति पुगेको बताए । काठमाडौंको इन्द्रचोक बहालमा सानो गल्ली त्यसैमाथि सामान किन्नेको भीडले एम्बुलेन्स सजिलै आउन नसक्ने भएपछि बिरामीहरुलाई ह्विलचेयर र स्ट्रेचरमा राखेर सजिलैसँगै छिटो अस्पताल पु¥याई उपचार होस् भन्ने हेतुले सहयोग गरिएको परिवारले जनाएको छ ।
चित्रकारको मंसिर २६ गते निधन भएको थियो । चित्रकार प्रदिप्त पुस्तकालयका भूपू अध्यक्ष तथा वर्तमान संरक्षक समेत थिए । उनी महानगरपालिकाको पूर्वप्रधानपञ्च समेत हुन् । चित्रकारले मुलुकको प्रजातान्त्रिक आन्दोलन र सामाजिक रुपान्तरणमा योगदान पु¥याएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया