सूर्य ज्योति लाइफको सञ्चालक समितिको अध्यक्षमा भट्टराई
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको यही पुस सात गते बसेको तीन सय ३३औँ बैठकबाट साबिक सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईलाई कम्पनीको अध्यक्ष पदमा चयन गर्ने सर्वसम्मत निर्णय भएको जानकारी दिएका छ । कम्पनीका अनुसार सोही दिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरे । तत्पश्चात् सोही दिन अपराह्न बसेको सञ्चालक समितिको ३३४औँ बैठकमा अध्यक्ष भट्टराईद्वारा सञ्चालकहरू नन्द किशोर शर्मा, हेमन्त नाहटा, विवेक झा, जयन्त कुमार अग्रवाल एवं प्रिया तायललाई पद तथा गोपनीयताको शपथग्रहण गराए । कम्पनीको सञ्चालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियुक्त भएका छन् ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. एक–आपसमा गाभ्ने गाभिने सम्बन्धमा दुबै कम्पनीबीच मिति २०७९।०७।०४ गते अन्तिम सम्झौता भई दुवै कम्पनीको मिति २०७९।०७।२८ गते सम्पन्न वार्षिक साधारणसभाबाट सो सम्बन्धमा विशेष प्रस्ताव पारित भएपछि नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्डलगायत कम्पनी रजिष्ट्रारको कार्यालयबाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि.लाई सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि.मा गाभ्न स्वीकृति प्राप्त भएबमोजिम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा मिति २०७९/०८/२७ मा कम्पनी दर्ता प्रमाणपत्र तथा नेपाल बीमा प्राधिकरणबाट एकीकृत कारोबार गर्ने स्वीकृति प्राप्त भएपश्चात् मिति २०७९/०९/०७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
- आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
- रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया