Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारव्यवसाय डुबेको बहानामा राजस्व छली

व्यवसाय डुबेको बहानामा राजस्व छली


विराटनगर । चालू आर्थिक वर्षको पहिलो छ महिनाको राजस्व असुली तीव्ररूपमा चलिरहेका बेला प्रदेश १ को औद्योगिक नगरी सुनसरी मोरङ औद्योगिक करिडोरभित्र सञ्चालनमा रहेका हार्डवेर र मेसिनरी सप्लायर्स व्यवसायीहरूले भने व्यापक राजस्व छली गर्नेगरेको पाइएको छ ।

विराटनगर बजारमा सञ्चालित विवेक मेसिनरी एन्ड सप्लायर्सले विगत केही आर्थिक वर्षदेखि आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएको कारोबार विवरणले हार्डवेयर तथा मेसिनरी सप्लायर्सका नाममा हुँदै गरेको राजस्व चुहावटको रहस्य खुलेको हो । विवेक मेसिनरी एन्ड सप्लायर्सका नामबाट आन्तरिक राजस्व कार्यालयमा २०५५ सालमा नै ३००२१६००६ नम्बरबाट आयकरमा दर्ता कायम रहेको उक्त फर्मले २०६१ सालमा गएर मूल्य अभिवृद्धि करमा दर्ता गरेको थियो । उक्त फर्मको सञ्चालकमा विवेक लुनिया रहेका छन् । विगत २०६१ सालदेखि नै सो फर्मले आफ्नो कारोबारको विवरण आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएको देखिए पनि पछिल्ला केही वर्षदेखिको उक्त फर्मको कारोबार केलाउँदा व्यापक राजस्व चुुहावट भएको देखएिकोले उच्च निगरानीका साथ अनुसन्धान भइरहेको राजस्वस्रोतले जनाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा उक्त फर्मले वार्षिक आफ्नो कारोबार विवरणमा करिब सात करोडको कारोबार गरेको घोषणा गरेर मुअकर ४६ हजार मात्र बुझाएको तथ्य खुलेपछि उक्त फर्म राजस्वको निगरानीमा परेको दाबी स्रोतले गरेको छ । तर सो फर्मले आयकरबापत सरकारलाई चार लाख बुझाएको रेकर्ड अद्यावधिक भएको पनि थाहा भएको छ । अधिकांश मेसिनरी पार्टस भारतबाटै आयात हुने हुुँदा विवेक मेसिनरी एन्ड सप्लायर्सले मेसिनरी पार्टस कहाँबाट ल्याएर मुनाफा कमाएको हो भन्ने गम्भीर प्रश्न खडा भएपछि आवश्यक अनुसन्धान सुरु भएको स्रोतले बताएको छ । साथै व्यवसायीहरूले अवैध नाका प्रयोग गरी आयात गर्न थालेको र आन्तरिक राजस्व कार्यालयको कारोबार विवरणमा उक्त कुरा उल्लेख गर्न नमिल्ने भएका कारण सरकारी राजस्व समेत प्रभावित भएको छ ।

व्यवसायीले सेटिङमा सामान आयात गरी उक्त सामानलाई उपभोक्ताबाट तीन सय गुनासम्म मुनाफा लिनेगरेका छन् । आराका स्रोतले दिएको जानकारीअनुसार पछिल्लो समय कोभिड १९ का कारण धराशायी बनेको व्यापार र खस्किँदै गएको अर्थतन्त्रमा ब्रम्हलुट मच्चाउन केही व्यवसायीहरू लागिपरेका छन् । त्यस्ता व्यवसायी र व्यावसायिक फर्मको खोजी गरी राजस्व अनुसन्धानले कारबाही नगरे अवैध कारोबारले झनै प्रश्रय पाउने स्थानीयको भनाइ छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x