Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकको ३८औँ वार्षिक साधारणसभा

नबिल बैंकको ३८औँ वार्षिक साधारणसभा


काठमाडौं । नबिल बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस २९ गते आफ्नो ३८औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो ।

काठमाडौंको गैरीधारास्थित सिल्भर ओक बैंकेटमा हुने वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट १५ दशमलव ५० प्रतिशत अर्थात् दुई अर्ब ६२ करोड ५७ लाख ८४ हजार चार सय ९२ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

यसैगरी बैंकले सोही वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको अधिकृत पुँजीलाई वृद्धि गरी २८ अर्ब रुपैयाँ पु¥याउने प्रस्ताव पनि पारित गर्ने तयारी गरेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x