सगरमाथा इन्स्योरेन्सद्वारा मौसममा आधारित धानबाली बीमाको क्षतिपूर्ति प्रदान
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले मौषममा आधारित धानबाली बीमाको क्षतिपूर्ति प्रदान गरेको छ । परम्परागत ढाँचाको कृषि बीमालाई परिमार्जित गर्दे सगरमाथाले नेपाल बीमा प्राधिकरणको स्वीकृतिबाट पाइलटिङ बीमा योजनाको रूपमा जारी गरिएको बाढी सूचकाङ्कका आधारमा सामूहिक धानखेती बीमा कैलाली जिल्ला, भजनी नगरपालिकाको वडा नं. ३ भित्रका १० वटा कृषक समूहहरूका एक सय जना कृषकहरूको ४० हेक्टर क्षेत्रफलमा सूचकाङ्कमा आधारित ‘भूमी अनुसन्धान तथा नीति संंवादका लागि सहकार्य (कोर्लाप) तथा यूएसआईडी टायर नेपाल प्राकृतिक प्रकोप व्यवस्थापन आयोजनाअन्तर्गतको आर्थिक सहयोगमा सञ्चालित परियोजनाअन्तर्गत कैलाली जिल्लाका कृषकहरूको धान बालीको जोखिम वहन गर्ने उद्देश्यले धानबाली बीमा जारी गरिएको थियो ।
सोही बीमालेखअन्तर्गत बीमा गरिएको धानबालीहरूमा मिति २०७९ असोज ५ गते मोहना नदी र आसपासका क्षेत्रमा पानी वहाव बढ्न गई जलस्तर तोकिएको सूचकाङ्कभन्दा बढी भई धानबालीमा क्षति पुगेकोमा २०७९ पुस १० गतेका दिन भजनी नगरपालिकाका मेयर केवल चौधरीको प्रमुख आतिथ्य, कोलार्पका प्रतिनिधिको उपस्थितिमा सगरमाथा इन्स्योरेन्स कम्पनीका अन्डरराइटिङ विभाग प्रमुख दिवस तिमिल्सिनाले बाढीका कारण धानखेतीमा क्षति पुगेका ३१ जना कृषकहरूलाई क्षतिपूर्तिबापत जम्मा रकम चार लाख एक हजार चार सय ९९ रुपैयाँ दाबी भुक्तानी गरेका हुन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान
- जिल्लामै उत्पादित विद्युत् वितरण सुरु
- कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु
- थप १३ दिन लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमति
- उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव
- ट्रम्पको विजयपछि मस्कको सम्पत्तिमा व्यापक वृद्धि
- पाकिस्तान रेलवे स्टेसनमा विस्फोट हुँदा २५ जनाको मृत्यु
- युरोपले रक्षा खर्च बढायो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया