Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेशनल लाइफको ‘गोसाइँकुण्ड हेली टुर’

नेशनल लाइफको ‘गोसाइँकुण्ड हेली टुर’


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूका लागि (२०७९ पुस ७ देखि ९ गतेसम्म) ‘गोसाइँकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि कम्पनीले सञ्चालन गरेको मासिक अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई कम्पनीले काठमाडौं बूढानीलकण्ठबाट हेलिकोप्टरमा गोसाइँकुण्डको भ्रमण गराएको हो ।

भ्रमणमा जानुपूर्व कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरूलाई सफल भ्रमणको शुभकामना दिँदै यसप्रकारको भ्रमणले अभिकर्ताहरूको मनोबल वृद्धि भई कम्पनीको व्यवसाय समेत प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट भई भ्रमण कार्यक्रममा सहभागी हुन सफल करिब दुई जना अभिकर्ताहरूलाई उनीहरूको अथक परिश्रम र मिहिनेतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतले सम्मान पनि गरेका थिए ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीले आयोजना गर्ने यसप्रकारको भ्रमणले आफूहरू उत्प्रेरित भएको र यसबाट आफ्नो वृत्ति र विकासमा सकरात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x