Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकर्जामा सधैँ पहुँचवालाकै पहुँच

कर्जामा सधैँ पहुँचवालाकै पहुँच


काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रलाई समावेशी र सबैको पहुँचमा पुगेको भन्दै आए पनि कर्जामा भने सधैँ पहुँचवालाकै पहुँच हुने गरेको देखिएको छ । बैंक तथा फाइनान्स कम्पनीहरुको समग्र वित्तीय अवस्थासम्बन्धी नेपाल राष्ट्र बैंकको पछिल्लो चार महिनाको विस्तृत प्रतिवेदनअनुसार निक्षेप तथा कर्जा खाताको बीचमा देखिएको ठूलो खाडलले पनि कर्जामा पहुँचवालाकै पहुँच हुने गरेको देखिएको हो ।

प्रतिवेदनअनुसार तीन करोड जनसंख्या भएको नेपालमा अहिले कुल कर्जा खाताको संख्या चार करोड ७४ लाख दुई सय ४४ वटा रहेको छ । नेपालमा अहिले २६ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी र ६४ वटा लघुवित्त वित्तीय संस्थासहितका एक सय २४ वटा बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा रहेका छन् ।

पूर्वाधार विकास बैंक भने फरक उद्देश्यका लागि सञ्चालनमा आएको हुँदा यो सूचीमा पूर्वाधार विकास बैंकलाई समावेश गरिएको छैन । बैंकिङ क्षेत्रमा हाल कायम रहेको चार करोड ७४ लाख निक्षेप खाता भनेको लघुवित्त वित्तीय संस्थाबाहेक अर्थात् वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मात्र हो । राष्ट्र बैंकका अनुसार यी सबै खातामार्फत अहिले वित्तीय प्रणालीमा जम्मा भएको कुल निक्षेप रकम ५१ खर्ब ८२ अर्ब ५४ करोड ८० लाख रुपैयाँ रहेको छ ।

यसरी चार करोड ७४ लाखवटा निक्षेप खातामार्फत जम्मा भएको कुल ५१ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप कर्जाको रुपमा प्रयोग गर्नको लागि भने जम्मा १८ लाख २७ हजार पाँच सय ६६ वटा कर्जा खाता प्रयोग हुनुले पनि नेपालको कर्जा क्षेत्रमा पहुँचवालाकै पहुँच हुने गरेको देखिएको हो । राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा फाइनान्स कम्पनीहरुले १८ लाख २७ हजार पाँच सय ६६ वटा कर्जा खातामार्फत प्रवाह गरेको कुल कर्जा रकम ४७ खर्ब ८३ अर्ब ४२ करोड ७० लाख रुपैयाँ रहेको छ ।

यसमा पनि वाणिज्य बैंकहरुले मात्र भने कुल १४ लाख ९५ हजार सात सय ८१ वटा कर्जा खातामार्फत ४२ खर्ब ३३ अर्ब ३२ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो चार महिनामा वाणिज्य बैंकहरुले कुल चार करोड आठ लाख ६१ हजार छ सय २१ वटा निक्षेप खातामार्फत ४५ खर्ब ५९ अर्ब ९० हजार रुपैयाँ निक्षेप संकलन गरेको देखिएको छ ।

No description available.

विकास बैंकहरुले भने चालू आवको पछिल्लो चार महिनाको अवधिमा दुई लाख ९० हजार एक सय ९८ वटा कर्जा खातामार्फत कुल चार खर्ब ५८ अर्ब पाँच करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा विकास बैंकहरुले ५८ लाख ४० हजार नौ सय ५० वटा निक्षेप खातामार्फत कुल पाँच खर्ब १८ अर्ब ३६ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुले भने चालू आवको पछिल्लो चार महिनामा ४१ हजार पाँच सय ८७ वटा कर्जा खातामार्फत कुल ९२ अर्ब चार करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा फाइनान्सहरुले छ लाख ९७ हजार छ सय ७३ वटा निक्षेप खातामार्फत एक खर्ब पाँच अर्ब १७ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेको राष्ट्र बैंकले जनाएको छ ।

आज ५० अर्बको रिपो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबार ५० अर्ब रुपैयाँबराबरको रिपो जारी गर्ने भएको छ । वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्याई केही हदसम्म सम्बोधन गर्नको लागि राष्ट्र बैंकले रिपो जारी गर्न लागेको हो । रिपोको परिपक्व हुने अवधि ४५ दिन अर्थात् २०७९ माघ २९ गते तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार रिपो खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । रिपो वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव भएको अवस्थामा वित्तीय प्रणालीमा लगानीयोग्य रकम पठाउने मौद्रिक उपकरण हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x