स्वच्छ वाग्मतीको लागि स्थानीय सरकारको भूमिका
काठमाडौं । खानेपानी तथा सरसफाइ सेवाले मानव जीवनमा बहुआयामिक प्रभाव पार्दछ । सो सेवालाई नेपालको संविधानले मौलिक हकको रूपमा व्यवस्था गरेको छ । साथै, अन्तर्राष्ट्रियरूपमा समेत दिगो विकास लक्ष्यले खानेपानी तथा सरसफाइसम्बन्धी स्पष्टरूपमा निर्धारण गरेको छ । हालसम्म ८९ प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको र २१ प्रतिशत जनसंख्यालाई सुधारिएको (उच्च तथा मध्यम स्तर) खानेपानी सेवामा पहुँच पुगिसकेको सरकारको दाबी छ । सरकारी आँकडाअनुसार सरसफाइतर्फ हालका वर्षहरूमा प्रगति भई बहुसंख्यक घरपरिवारले आधारभूत स्तरको सरसफाई सेवा उपयोग गरिरहेका छन् । यसबाट बाल मृत्युदर कम गर्न तथा सरदर आयु वृद्धि गर्न सहयोग पुगेको, नागरिकको समग्र स्वास्थ्य स्थितिमा सुधार भई उत्पादनशील समयमा वृद्धि भएको तथा सामाजिक रहनसहन र बालबालिकाको विद्यालय उपस्थिति दरमा आवश्यक सुधार गर्न योगदान पुगेको सरकारको दाबी छ ।
विभिन्न प्राकृतिक तथा मानवजन्य कारणले पानीका स्रोतहरू नदीनाला, ताल तलैयामा आएको ह्रासका कारण पानीको उपलब्धतामा कमी आएको छ । अपेक्षाअनुरूप खानेपानी सेवालाई सुरक्षित, भरपर्दाे र दिगो बनाउन सकिएको छैन । मानव बस्तीको विस्तार र विकाससँगै गतिविधिबाट सिर्जित फोहोरको उचित व्यवस्थापनको अभावमा बस्ती, नदीनाला, जलाशय तथा वातावरण प्रदूषित हुँदै गएका छन् ।
नेपालको संविधानद्वारा प्रदत्त खानेपानी तथा सरसफाइको अधिकारअनुरूप सबैलाई स्वच्छ र सुरक्षित खानेपानीको आपूर्ति व्यवस्था गर्नु, ह्रास हुँदै गएका सतहगत र भूमिगत खानेपानीका स्रोतको जगेर्ना गर्नु, खानेपानी तथा सरसफाइका संरचनालाई जलवायु परिवर्तन अनुकूल तथा विपत् व्यवस्थापनमैत्री बनाउँदै लैजानु, अव्यवस्थित शहरीकरणका कारण खानेपानी तथा सरसफाइको सेवामा परेको चापलाई व्यवस्थित गर्नु, परिवर्तित संस्थागत संरचनाको सन्दर्भमा खानेपानी तथा सरसफाइ क्षेत्रको व्यवस्थित विकासको लागि तीन तहको सरकारमा क्षमता अभिवृद्धि गर्नु, सहर तथा बस्तीमा उपयुक्त आर्थिक तथा प्राविधिक उपायद्वारा मानव सिर्जित मलमूत्रलगायतका औद्योगिक र कृषिजन्य फोहोर पानीको संकलन र प्रशोधन गरी उचित व्यवस्थापन गर्नु यस क्षेत्रका प्रमुख चुनौती हो भन्नुमा अयुक्ति नहोला ।
परिवर्तित सन्दर्भमा समुदाय स्तरमा आयोजना पहिचान, तर्जुमा र कार्यान्वयनबाट उत्तरदायित्व वृद्धि हुने, जीवनशैलीमा आएको सुधारसँगै गुणस्तरयुक्त खानेपानी र सरसफाइ सेवाको बढ्दो माग, नदीनाला, तालतलैया तथा जलाशय लगायत अन्य वातावरणीय स्वच्छताका विषयमा जनचेतनामा आएको सकारात्मक अभिवृद्धि, खानेपानी र सरसफाइको सेवा प्रवाहमा निजी क्षेत्रको बढ्दो आकर्षण, सामुदायिक, गैरसरकारी तथा विकास साझेदारको सहयोग र सहभागिता, विदेशमा समेत खानेपानी निर्यात गर्न सकिने सम्भावना यस क्षेत्रका अवसरका रूपमा रहेका छन् । पन्ध्राँै योजनाको अन्त्यसम्म ८९ प्रतिशतबाट ९९ प्रतिशत नागरिकमा आधारभूत स्तरको हुने, करिब ४० प्रतिशत नागरिकलाई सुधारिएको खानेपानी सेवा उपलब्ध भएको हुने, खुला दिसामुक्त क्षेत्र घोषणा भएका क्षेत्रहरूमा पूर्ण सरसफाइका क्रियाकलापले निरन्तरता पाउने र घरायसी, औद्योगिक र अन्य मानव गतिविधिबाट सिर्जित कम्तीमा २० प्रतिशत फोहोर पानी प्रशोधन गरी निष्काशन तथा विसर्जन भएको हुने भनिएपनि यस्तै हो भने यो लक्ष्य पूरा हुन कठिन छ । यसै सिलसिलामा उदाहरणको रूपमा यस लेखमा वाग्मती सफाइबारे संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।
वाग्मती नदी नेपालको एक मुख्य नदी हो । यो नदी वाग्द्वारबाट उद्गम भएर काठमाडौंको किनारमा बग्दछ । टेकु दोभानमा यो नदी विष्णुमती नदीसँग मिसिन्छ । यो नदीले काठमाडौं र ललितपुरबीच सीमा छुट्ट्याउँछ । चोभारको गल्छीबाट उपत्यका काटेपछि यो नदी तराईतिर बग्दछ । भारतको बिहार राज्यमा गएर यो नदि कोशी नदीमा मिसिन्छ । यो नदिको धार्मिक विषेशता रहेको छ । यी नदीलाई हिन्दु तथा बौद्ध धर्ममा पवित्र मानिन्छ । यस नदीको किनारमा पशुपतिनाथलगायत कयौँ मन्दिरहरू रहेका छन् । यो नदीमा विभिन्न धार्मिक संस्कार गरिन्छ ।
कुनै बेला पानी पिउन योग्य स्वच्छ वाग्मती नदी यतिबेला प्रदूषणबाट ग्रसित छ । नदीमात्र होइन, हिन्दु सभ्यताको इतिहास जोडिएको राजधानीको बीच भागबाट बग्ने वाग्मती सभ्यता बोकेको यो नदीमा अरबौँको योजना र कार्यक्रम सञ्चालन भएको पाइन्छ तर समस्या घट्नुको साटो ज्युँका त्युुँ छ । विश्वकै हिन्दुको आस्था एवं विश्वासको केन्द्रबिन्दु वाग्मती नदी/सभ्यताको उद्गमस्थल शिवपुरी जलाधार क्षेत्रको वाग्द्वार सफा भए पनि राजधानीको बढ्दो जनसंख्या, अस्वस्थकर एवं अनियन्त्रित सहरीकरण र अव्यवस्थित ढल एवं फोहोरमैलाले नदी/सभ्यता झन्डै तीन दशकयता प्रदूषित छ ।
हालका वर्षमा नदीको बहाव घट्दै गएको छ । जलमार्ग साँघुरिँदै र गहिरिँदै गएको छ । अतिक्रमण बढेको छ । नदीको पानीका साथै जलाधार क्षेत्रको गुणस्तर घट्दै जानु र सांस्कृतिक तथा कलात्मक सौन्दर्यको मान्यतासमेत हराउँदै जानु पनि वाग्मती नदीको समस्या हो । एक आँकडाअनुसार नेपालभित्र दुई सय र काठमाडौं उपत्यकाभित्र ४४ किलोमिटरभन्दा बढी लम्बाइको नदी किनारको भूमिको दुरूपयोग भएको छ । जलजन्य जैविक विविधता सखाप भएका छन् । २०६६ सालमा मन्त्रिपरिषद्को निर्णयमा स्वीकृत पाँचवर्षे ‘वाग्मती कार्ययोजना’ कार्यान्वयनमा आयो, वाग्मती बचाउ अभियान पनि चल्यो । तर, समस्या ज्युँका त्युँ छ ।
वाग्मती सभ्यता बचाउन र यसको समग्र विकासका लागि सरकारले २०५१ सालमा पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन ग¥यो । लगत्तै अर्को वर्ष केही परिमार्जन गरी अधिकारसम्पन्न पशुपति क्षेत्र ढल निर्माण सुधार कार्यान्वयन तथा अनुगमन समिति बनायो । यसले लक्ष्यअनुसार काम गर्न नसकेको भन्दै २०६४ सालमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति बनायो । सोले पनि सो समस्या समाधान गर्न नसकेको सरोकारवालाको दाबी छ ।
वाग्मती नदीमा विष्णुमती, टुकुचा, धोबीखोला, मनहरा, हनुमन्ते, कोड्कु, बल्खु र नख्खु खोला मिसिएका छन् । ढल सिधै नदीमा मिसाइएका कारण कुनै बेलाको स्वच्छ वाग्मती अहिले प्रदूषित बनेको हो । वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार सञ्चालनमा छ जसका कारण विगतको तुलनामा केही प्रदूषणमुक्त भएको छ तर वाग्मती नदी सफाइ कार्य हिँड्दै छ, पाइला मेट्दै छ भनेजस्तै भएको छ । मानिसमा जनचेतनाको अभावको कारण ढलहरू सिधै वाग्मतीमा निकास, घरटोलमा नै फोहोरको व्यवस्थापन हुन नसक्दा वाग्मती सफाइका क्रममा आशातीत सफलता हासिल हुन नसकोको अवस्था छ । वाग्मती सफाइ अभियानको २०७० जेठ ५ गतेदेखि सुरु भएको थियो । सफाइ अभियानले मात्रै नदीमा फोहोर फाल्ने प्रवृत्ति वा नदी सफा गर्न नसकिने हुँदा वाग्मती नदीसँग जोडिएका पालिका (स्थानीय सरकार)हरूले वाग्मती सफा गर्ने आवश्यक व्यवस्था मिलाउन अति आवश्यक छ । यसका लागि काठमाडौं, भक्तपुर, ललितपुरवासीलगायत सरोकारवालाहरूमा विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल, पत्रपत्रिकामार्फत जनचेतना अभिवृद्धि गर्नु, कुहिने, नकुहिने फोहोरलाई छुट्टयाउने बानीको विकास गर्न, उपत्यकाको ढल निकास वाग्मतीमा नगरी सोको लागि आवश्यक प्रभावकारी योजना बनाई व्यवस्थित गर्नु अति आवश्यक छ । तबमात्र वाग्मतीलगायत देशभरिका नदिनाला स्वच्छ भई धार्मिक अस्तित्व बचाउन सफल भई स्वच्छ पानीको समेत आपूर्ति हुनेछ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया