Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपोखरा फाइनान्सको लाभांश चार प्रतिशत

पोखरा फाइनान्सको लाभांश चार प्रतिशत


काठमाडौं । पोखरा फाइनान्सले चार दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्स सञ्चालक समितिको यही पुस ४ गते सोमबार बसेको बैठकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट आफ्ना सेयरधनीहरूलाई उक्त अनुपातमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमध्येमा चार प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति एवं फाइनान्सका आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x