सोलुमा कम्पनी दर्ता गराउनेको संख्या ५६ प्रतिशतले घट्यो, राजस्वमा ४८ प्रतिशतले गिरावट
सोलुखुम्बु । सोलुखुम्बुमा कम्पनी दर्ता गराउनेको संख्यामा भारी गिरावट आएको छ । गतआर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा उद्योग तथा वाणिज्य फर्म दर्ता गराउनेको संख्या ५६ दशमलव ४४ प्रतिशतले गिरावट आएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका सुचना अधिकारी सुनिता राईका अनुसार आर्थिक वर्ष २०७८÷०७९ को साउनदेखि मंसिरसम्ममा दुई सय एकवटा उद्योग र २४ वटा वाणिज्य फर्म दर्ता भएको छ । तर चालू आर्थिक वर्ष २०७९÷०८० को सोही अवधिमा ७४ वटा उद्योग र २४ वटा वाणिज्य दर्ता भएका छन् । जुन संख्यात्मक हिसाबले एक सय २७ वटाले र प्रतिशतको हिसाबले ५६ दशमलव ४४ ले कमी हो । कार्यालयमा फर्म दर्ता गराउनेको संख्यामा भारी गिरावट आएसँगै राजस्व संकलनमा पनि ४८ प्रतिशतले कमी आएको छ ।
गत आर्थिक वर्षको पहिलो पाँच महिनामा चार लाख ७० हजार आठ सय राजस्व संकलन भएकोमा चालू आर्थिक वर्षमा दुई लाख ४० हजार एक सय ५० रुपैयाँ मात्रै राजस्व संकलन भएको कार्यालयले जनाएको छ । गतवर्ष कोभिडका कारण गाउँ फर्किएका नागरिकहरूले अनुदानका लागि विभिन्न फर्म दर्ता गर्ने क्रम बढेको भए पनि यसवर्ष अनुदान कार्यक्रमहरू नहुँदा फर्म दर्ता गराउनेको संख्या घटेको उद्योग अधिकृत संगिता थुलुङ राईले बताइन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया