Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहंगो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

महंगो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा


काठमाडौं । आइतबारदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि लिइएको करिब २२ अर्ब रुपैयाँको लगानीबाट उक्त विमानस्थल निर्माण गरिएको हो ।

विमानस्थल निर्माणका लागि कुल लगानी करिब २२ अर्बमध्ये २५ प्रतिशत अनुदान र बाँकी ७५ प्रतिशत ऋण लिइएको थियो । यसको ब्याज दुई प्रतिशत तोकिएको छ । २५ प्रतिशत रकमको ब्याज तिर्न नपरे पनि सावाँ भने तिर्नुपर्छ । साथै ७५ प्रतिशतको पनि सावाँ र ब्याज तालिकाअनुसार क्रमशः तिर्दै जानुपर्छ ।

विमानस्थल सञ्चालनमा आएपछि यसै वर्षदेखि यसको सावाँ र ब्याज क्रमशः चीनलाई दिँदै जानुपर्छ । यो विमानस्थलले सोचेजस्तो आम्दानी गर्न नसक्ने भएको कारण ऋण तिर्न समस्या हुने बताइएको छ । चर्को ब्याज र आम्दानी कम हुने भएको कारण यसलाई महंगो विमानस्थलको रुपमा हेरिएको छ । विमानस्थल उद्घाटनकै दिन नेताहरुले चीनलाई २५ प्रतिशतको सट्टा ७५ प्रतिशतलाई अनुदानमा बदलिदिन आग्रह गरे । यसै भनाइले यो विमानस्थल धेरै महंगो छ भन्ने पुष्टि गर्छ ।

विमानस्थल सञ्चालनमा आएपछि पोखरामा पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढ्ने अपेक्षा गरिएको छ । उक्त विमानस्थल निर्माण गर्न राजनीतिक दलहरुबीच एकमत थियो भने स्थानीय बासिन्दा पनि सो विमानस्थल निर्माणमा सुरुदेखि नै एकजुट थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए । पोखरामा भएको कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x