Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई हजार ६३ बिन्दुमा पुग्यो सेयर बजार

दुई हजार ६३ बिन्दुमा पुग्यो सेयर बजार

१७ अंकले उकालो लाग्दा दुई अर्ब ९६ करोड रुपैंयाँको सेयर खरिद–बिक्री


काठमाडौं । सेयर बजार परिसुचक पुन उकालो लागेको छ । अघिल्लो दिन १७ दशमलव २४ अंकले उकालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन सोमबार पुन १७ दशमलव ५६ अंकले उकालो लागेर दुई हजार ६३ दशमलव ८३ बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८८ अंकले उकालो लागेर तीन सय ९४ दशमलव ८९ बिन्दुमा चढेको छ । यसदिन १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५३ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ४८ हजार पाँच सय तीन पटकको कारोबारमा ८२ लाख ७१ हजार तीन सय ५५ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा यसदिन कुल कारोबार रकम दुई अर्ब ९६ करोड नौं लाख २७ हजार चार सय ४० रुपैंयाँ पुग्न सफल भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोबार भएका कुल उपसमुहहरु मध्ये तीन वटा उपसमुहहरुको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x