Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनर्भिकमा मिर्गौला प्रत्यारोपण सुरु

नर्भिकमा मिर्गौला प्रत्यारोपण सुरु


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । लामो समयदेखि स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नर्भिकले मिर्गौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको हो ।

अस्पतालले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी सेवा सुचारु गरेको जानकारी गराएको थियो । नर्भिकले हालसम्म दुई व्यक्तिको मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण समेत गरिसकेको जनाएको छ । अस्पतालका अनुसार मिर्गौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको छ भने ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । आगामी दिनमा यो सेवालाई विस्तार गर्दै लगिने अस्पतालले जानकारी दिएको छ ।

नर्भिक अस्पतालका विज्ञ चिकित्सकद्वय डा. राकेश बर्मा र डा. आरके अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरुको टिमले मिर्गौला प्रत्यारोपण सेवा दिँदै आएको छ । अस्पतालका अनुसार मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएका दुईवटा केसमध्ये पहिलो केही जटिल रहेको थियो ।

पहिलो पटक नर्भिकमा मिर्गौला प्रत्यारोपण गरिएको बिरामीमा मुटुको धमनीमा समस्यालगायतका जटिलता थियो । तर, नर्भिकमा भएको सबै खालका स्वास्थ्य समस्याको स्तरीय उपचार सेवाको सहज उपलब्धताका कारण जटिल हुँदाहुँदै पनि सफलतापूर्वक प्रत्यारोपण भएको अस्पतालको दाबी छ ।

मल्टिस्पेसालिटी हस्पिटल भएका कारण मिर्गौला प्रत्यारोपण अघि र पछि देखिने अन्य स्वास्थ्य समस्याको समाधान पनि एउटै छानामुनि हुने र यस्ता केन्द्रहरुमा प्रत्यारोपणका क्रममा जोखिम कम हुने भएका कारण समेत नर्भिकमा सुरु भएको मिर्गौला प्रत्यारोपण सेवाले विशेष महत्व राख्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बताए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x