श्रीलंकामा खडेरीले करिब तीन लाख व्यक्ति प्रभावित
कोलम्बो, फागुन २८
श्रीलंकामा प्रचण्ड खडेरीका कारण करिब तीन लाख व्यक्तिको दैनिकी निकै कठिन बनेको राष्ट्रिय विपत् व्यवस्थापन केन्द्रले मंगलबार जानकारी गराएको छ । श्रीलंकाको मौसम विज्ञान महाशाखाले आगामी केही हप्तासम्म पानी पर्ने सम्भावना नदेखिएको बताएको छ । अधिकारीहरूले दिएको जानकारीमा यहाँको पश्चिमी प्रान्तका करिब ५३ हजार परिवारमा जारी खडेरीको प्रभाव परेको र यसका कारण यहाँ खाने पानीको समेत अभाव भएको उल्लेख छ । खडेरीको प्रभाव पश्चिमी प्रान्तबाहेक मध्य दक्षिणी क्षेत्रका उच्च पहाडी भेक कान्डी र रतनपुरा तथा उत्तरपश्चिमी पुट्टालम राज्यमा पनि परेको बताइएको छ । महाशाखाले आगामी केही हप्तासम्म श्रीलंकाका पश्चिमी, उत्तरपश्चिमी र दक्षिणी प्रान्तहरूका ११ जिल्लामा निकै सुख्खा तथा अत्यधिक गर्मी मौसम रहने जनाएको छ । श्रीलंकाका कतिपय स्थानमा आगामी केही दिनमा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया