Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपर्यटकको पर्खाइमा दोलखा !

पर्यटकको पर्खाइमा दोलखा !


दोलखा । धार्मिक तथा पर्यटकीय प्राकृतिक स्रोतले भरिपूर्ण दोलखा यतिबेला पर्यटकको पर्खाइमा रहेकोे छ । यहाँका दर्जनौँ धार्मिक तथा पर्यटकीय क्षेत्रहरु यतिबेला सुनसान छन् । पर्यटकीय क्षेत्र सुनसान देखिँदा जिल्लाको आर्थिक क्षेत्र समेत कमजोर बन्दै गएको छ ।

गतवर्षहरुमा कात्तिकदेखि नै हिउँ पर्ने गरेका कारण जिल्लाका प्रसिद्ध स्थानहरु कालिञ्चोक, शैलुङ, जिरी, खरिढुङ्गा, भीमेश्वर मन्दिरजस्ता धार्मिक र पर्यटकीय स्थलहरु पर्यटकले भरिभराउ हुने गर्दथे । तर यसपटक पुस सकिनलाग्दा समेत पानी नपरेको कारण उच्च भागमा हिउँ परेको छैन । हिउँ नपरेपछि हिउँ खेल्न आउने पर्यटकहरुको आगमन हुन नसकेको हो । पर्यटक आउने क्रम ठप्प हुँदा जिल्लाको होटल क्षेत्र पनि सुनसान देखिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x