Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको ‘विन्टर’ अफर

टेलिकमको ‘विन्टर’ अफर


काठमाडौं । नेपाल टेलिकमले बिहीबारदेखि लागू हुने गरी विन्टर अफर २०७९ उपलब्ध गराएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो ।

विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको छ । यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई १९९ रुपैयाँदेखि ६९९ रुपैयाँसम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याकहरु उपलब्ध छन् । यस अफरअन्तर्गत जम्मा ६९९ रुपैयाँमा २८ दिनका लागि कुल २८ जीबी डाटा (दैनिक एक जीबी), दैनिक एक सय मिनेट कुराकानी गर्ने र दैनिक एक सयवटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यसैगरी ४९९ रुपैयाँमा २८ दिनका लागि कुल १९ हजार ६०० एमबी डाटा (दैनिक ७०० एमबी), दैनिक ७० मिनेटको भ्वाइस प्याक र ७० वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यस्तै तीन सय ४९ रुपैयाँमा उपलब्ध अर्को प्याक खरिद गर्दा २८ दिनका लागि कुल १४ जीबी डाटा (दैनिक पाँच सय एमबी), दैनिक ५० मिनेटको कुराकानी गर्ने र ५० वटै सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

कम्पनीका अनुसार जम्मा एक सय ९९ रुपैयाँमा २८ दिनका लागि कुल चार हजार दुई सय एमबी डाटा ((दैनिक १५० एमबी), दैनिक १५ मिनेट कुराकानी गर्ने र १५ वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यस अफरअन्तर्गतका एक सय ९९ रुपैयाँदेखि छ सय ९९ रुपैयाँसम्मका कुराकानी गर्ने र सन्देश पठाउन सकिने प्याकहरु सबै नेटवर्कका लागि उपलब्ध छन् । स्टे कनेक्टेड अफरअन्तर्गत यसअघि उपलब्ध प्याकलाई ग्राहकको चाहनाबमोजिम थप सुलभ दरमा ल्याइएको छ । जम्मा एक सय ३० रुपैयाँमा पाँच दिनका लागि दुई जीबी सबै नेटवर्कमा र चार जीबी फोरजी नेटवर्कमा प्रयोग गर्न सक्ने गरी जम्मा छ जीबी डाटा सुविधा र एक सय ५० मिनेट सबै नेटवर्कमा कुरा गर्न सकिने प्याक उपलब्ध गरिएको छ । सय रुपैयाँ र दुई सय रुपैयाँका स्टे कनेक्टेड अफरहरु निरन्तर प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यसैगरी एफटीटीएच सेवामा वार्षिक ४० र ८० एमबीपीएस इन्टरनेट ब्याण्डविथसहित आईपीटीभी र भ्वाइस सेवाको ट्रिपल प्ले प्याक थप सुलभ दरमा उपलब्ध गराइएको छ । अब ४० र ८० एमबीपीएस इन्टरनेट ब्याण्डविथसहितको ट्रिपल प्ले प्याक नवीकरण गर्दा क्रमशः जम्मा १६ हजार छ सय ८२.६४ रुपैयाँमा र २१ हजार पाँच सय ४१.५४ रुपैयाँ मात्र लाग्दछ । एफटीटीएच सेवामा उपलब्ध गराइएका यसअघिका अरु सबै प्याकलाई निरन्तरता दिइएको कम्पनीको भनाइ छ । पोस्टपेड कम्बो प्याकअन्तर्गत उपलब्ध भइरहेको जम्मा तीन सय ७३ रुपैयाँमा ३० दिनसम्म प्रयोग गर्न सकिने अन नेट आठ सय मिनेटको भ्वाइस प्याक र तीन सय ७३ रुपैयाँमै ३० दिनसम्म प्रयोग गर्न सकिने चार जीबी डाटा प्याकमा रेन्टल समावेश गरी निरन्तरता प्रदान गरिएको छ ।

यसैगरी सजिलो अनलिमिटेड पोस्टपेड प्याकअन्तर्गत पाँच सय ९९ रुपैयाँ, सात सय ९९ रुपैयाँ, नौ सय ९९ रुपैयाँ र एक हजार चार सय ९९ रुपैयाँका असीमित सुविधाहरु प्रयोग गर्न सकिने प्याकहरु निरन्तर उपलब्ध छन् । यसमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने र अन्य सेवा प्रदायक नेटवर्कमा दुई सय ५० मिनेट कुराकानी गर्न वा दैनिक एक जीबी डाटा प्रयोग गर्न सकिने ३० दिनको पाँच सय ९९ रुपैयाँको प्याक उपलब्ध छ । साथै, सात सय ९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असीमित र अन्य सेवा प्रदायकको नेटवर्कमा पाँच सय मिनेट कुराकानी गर्न सकिने, अल नेट दुई सय वटा सन्देश पठाउन सकिने र प्रतिदिन एक जीबी डाटा ३० सम्म चलाउन सकिन्छ । नौ सय ९९ रुपैयाँ र एक हजार चार सय ९९ रुपैयाँका ३० दिन समयावधि भएका प्याकमार्फत कम्पनीभित्र र बाहिरको नेटवर्कमा पनि असीमित कुराकानी (अल नेट अनलिमिटेड) गर्न सकिनुका साथै क्रमशः प्रतिदिन दुई जीबी र चार जीबी डाटा तथा चार सयवटा र एक हजारवटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

यीबाहेक पहिलेदेखि नै उपलब्ध अफरलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ । अफर प्राप्त गर्नका लागि ग्राहकले स्टार१४१५ह्याक्स डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । कम्पनीले ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गराएको विन्टर अफर थप आकर्षक हुने विश्वास कम्पनीको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x