सामाजिक चुनौतीको रूपमा हनी ट्र्यापिङ
काठमाडौँ । प्राकृतिकरूपमा कायम रहँदै आएको विपरीत लैंगिक आकर्षणलाई कुनै पनि हालतमा अन्यथा लिन मिल्दैन । प्रस्तुत यथार्थपरक तथ्यलाई आधार मानी अनैतिक तवरबाट आर्थिक, सामाजिक, क्षेत्रमा अपराध अभिवृद्धि गर्ने कुत्सित नियतले भिन्न परिवेश निर्माण गर्दै अवाञ्चित क्रियाकलापको जन्म हुनेगरेको पाइन्छ । जसबाट अनैतिक सामाजिक व्यवहारको अभिवृद्धि हुनेहुँदा विशेष सतर्कता अपनाउनु अपराध न्यूनीकरणमा सहयोग पु-याउनु सरहको अवस्था हो ।
समाजविरोधी आपराधिक क्रियाकलापलाई बढवा दिने उद्देश्यका साथ नारी सौन्दर्यलाई गलत ढंबाट प्रस्तुत गरी गरिने अपराधकर्म नैै केही हदसम्म हनी ट्र्यापिङका क्षेत्राधिकारभित्रका विषयवस्तुहरू हुन् । जसमा आधुनिक सञ्चार प्रविधिले पनि प्रत्यक्ष वा परोक्षरूपमा कार्य गर्दै आएको पाइन्छ । मानव समुदायबाट आधुनिक सञ्चारको साधनलाई नकारात्मकताउन्मुख उपयोग गर्नु अपराधलाई प्रोत्साहन दिनु हो । अवाञ्चित क्रियाकलापमा लाग्ने व्यक्ति वा समूह विशेषले अनेकन गैरकानूनी हत्कण्डाहरूको प्रयोग गर्दै मानसिक वा शारीरिकरूपमै आफ्नो समूहको नकारात्मक अभीष्ट पूरा गर्ने सन्दर्भमा अपवादबाहेक नारी सौन्दर्यलाई साम, दाम, दण्ड, भेदको रणनीतिक व्यवहारलाई आत्मसात् गर्दै दुरूपयोग गरिन्छ भने निश्चितरूपमा त्यहाँ हनी ट्र्यापिङजस्ता विकृतिजन्य व्यवहारको जन्म हुने निश्चित छ ।
तसर्थ : सामाजिक चुनौतीको रूपमा रहेको प्रस्तुत क्रियाकलापबाट पृथक रहन चाहने जो कोहिले पनि आफ्नो यौनिक अनुशासनको गरिमाबाट कुनै पनि हालतमा च्यूत रहन मिल्दैन । किनकि सुन्दरता भन्ने तथ्य नारीमा मात्र सीमित नरही पुरुषको सन्दर्भमा पनि उपयोग हुन हुँदैन सक्दैन भन्ने कुराको सुनिश्चितता कसले प्रदान गर्न सक्छ र ? विशेष गरी प्रस्तुत प्रवृतिको विकास अन्य क्षेत्रभन्दा आर्थिक सरोकारसँग अन्तर्निहित रहँदै आएको पाइयो ।
प्राप्त हुन आएको लैङ्गिक विभेदलाई आर्थिक अपराधजन्य कार्यको अतिरिक्त यौनजन्य आपराधिक क्रियाकलापमा समेत उपयोग गर्ने हो भने अपराधरहित आदर्श समाजको परिकल्पना सम्भव हुन सक्दैन । सम्भावित गलत क्रियाकलापबाट प्राप्त हुने वा हुनसक्ने कुनै सूचनाहरू नजिकको प्रहरी कार्यालय वा सुरक्षासम्बन्धी अन्य आधिकारिक निकायलाई यथासक्य चाँढो जानकारी दिने प्रयासले आधुनिकताको नाममा नेपाली समाजमा दैनिकरूपमा वृद्धि हुँदै गएको अपराधजन्य सामाजिक चुनौती न्यून गर्न सहयोग पुग्नेछ भन्दा फरक नपर्ला ।
विशेषगरी सामाजिक क्षेत्रमा ख्यातिप्राप्त गरेका व्यक्तित्वलाई आफ्नो पकडमा पारी सहजरूपमा गैरकानुनी लाभ हासिल गर्ने प्रवृत्ति बढ्दो छ । किनभने सामाजिक साखको ह्रासको भयले सम्बद्ध समूहको चङ्गुलमा पर्न गएको ज्ञात सम्बद्ध पक्षलाई भए पनि सहजै खुल्न नचाहने व्यवहारले यस क्षेत्रमा थप अन्योलता सिर्जना गरेको मात्र हो । अपराध हुनुपूर्व वा भएपश्चात् प्राप्त हुन आएका आवश्यक सूचनाहरू सम्बन्धित सुरक्षा निकायसमक्ष सम्प्रेषण नगर्ने वा नचाहने संस्कृतिको विकासले अन्ततः प्रस्तुत अपराधजन्य समूहको ऋणात्मक मनोबल बढन् गई अपराधले नै प्राथमिकता पाउँदै आएको देखिन्छ ।
यही त्यो कारक तत्व हो जसले आपराधिक समूहको गलत मनुुसुवालाई सहजै पूरा गर्न सहयोगीको भूमिका निर्वाह गर्नेछ । समस्याले उग्रता हासिल गरेपश्चात् प्रहरी प्रशासनसमक्ष प्रस्तुत हुने व्यवहारले अपराध न्यूनीकरणको क्षेत्रमा विलम्ब उत्पन्न भई पीडितले न्याय र पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउन असहज परिस्थितिको निर्माण भई सामाजिक परिवेशमा आपराधिक अराजकताले उग्रता हासिल गरी नागरिक समाजमा असुरक्षाको भावना अनुभूत गराउनेछ ।
विशेषतः पुरुष समुदायको तुलनामा विविध कारणले गर्दा महिला वर्गलाई पकडमा राख्न सहज हुनुको साथै पीडित पक्षलाई समेत सहजै विश्वासमा राख्न सकिनेछ भन्ने भएबाट यस क्षेत्रको गतिविधिको विकासमा युवतीहरूको अनधिकृतरूपमा उपयोग गर्न सम्बद्ध तत्व लालायित भएका हुन् कि भन्ने प्रश्नको समाधानभित्रै अपराधको मात्रा कतिसम्मको रहेको छ भन्ने कुराको मूल्यांकन गर्न सकिने अवस्था तयार हुने देखिन्छ । आर्थिक एवं विज्ञापनजन्य व्यवहारका कारण नारी सौन्दर्यलाई केही हदसम्म नकारात्मकरूपमा प्रयोग गर्दै अपराधको क्षेत्राधिकार वृद्धि गराउन सक्षम रहेको पाइयो । प्रस्तुत व्यवहारको विकासले नारी सुरक्षा संवेदनशीलतामा समेत गम्भीर प्रश्नचिह्न उत्पन्न भएको छ । यो निकै चिन्ताको विषय हो ।
लक्षित समूहलाई नारी/पुरुषको तडक–भडकमार्फत सम्मोहित तुल्याउने तत्कालका लागि सो सम्भव नभए ब्ल्याकमेलिङ गर्दै अपराधको दुनियाँमा समाविष्ट गर्ने वा गराउन खोज्ने प्रवृत्तिको विकासले अन्ततः नागरिक समाजमा वितृष्णा मात्र फैलाउनेछ । यौनजन्य विकृतिका अतिरिक्त नारी सौन्दर्यको विज्ञापनको आधारमा व्यक्ति–सम्प्रदायलाई आसक्त गराउन सम्बद्ध आपराधिक समूह सफल रहने परिस्थितिको निर्माण भए अपराध अभिवृद्धिको क्षेत्रमा कमी आउने छैन । भनिन्छ समाजबाट अपराधजन्य व्यवहारहरू निमूर्लीकरण हुने नभई केवल न्यूनीकरण मात्र हुने हो भन्ने तथ्यलाई हामीले भुल्न मिल्दैन । आफू अपराधकर्ममा फस्नजाने वा अर्को कुनै समूहलाई फसाउन खोज्ने चाहनाले क्षणिकरूपमा केही आर्थिक लाभ हासिल हुनुको साथै अवैध यौनजन्य अभीष्टहरू पूरा हुन सक्लान् । यद्यपि कानुनीरूपमा प्राप्त हुने दण्ड सजायलाई कुनै पनि हालतमा सहजरूपमा नजरअन्दाज गर्न भने मिल्दैन ।
तसर्थः अनैतिक क्रियाकलापबाट पृथक रहनु नै आफू, समाज र राष्ट्रलाई सदाचारमा लाग्न प्रेरित गर्नु हो । यसका बाबजुद पनि आपराधिक समूहको बाहुल्यताको प्रभाव, आर्थिक प्रलोभन, यौनजन्य सन्त्रास, अघोषितरूपमा प्राप्त हुने पारिवारिक दबाबका अतीरिक्त अनिच्छावश अपराध कर्ममा होमिन पुग्ने परिस्थितिको निर्माण नै चुनौतीजन्य हनी ट्र्यापिङको क्षेत्राधिकारहरू हुन् ।
अतः लैङ्गिक विविधतालाई पृथक राख्दै यदि कुनै समूहविशेषले आपराधिक क्रियाकलाप गर्न उद्यत रहन्छन् भने त्यसबखत नारी सहनशीलता एवं शालिनतालाई साहसिकरूपमा उपयोग गर्ने चेष्टा राख्नु बुद्धिमानी ठहर्नेछ । प्रस्तुत सकारात्मक कार्यको विकासले धेरै हदसम्म समाजविरोधी क्रियाकलापको दरमा न्यूनता छाउने देखिन्छ । अन्यथा सम्बद्ध समूहमा रहेको सहनशीलतालाई नै गलत अर्थ उपयोग गर्दै हनी ट्र्यापिङजन्य व्यवहारमा रमाउन खोज्ने समूहले नकारात्मकरूपमा प्रयोग गरी अनधिकृत लाभहासिल गर्ने प्रपञ्च रच्न पनि पछि पर्ने छैनन् । यस परिस्थितिबाट निकास पाउन सूचना सम्प्रेषणलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउँदै सामाजिक चुनौतीको रूपमा रहेको प्रस्तुत व्यवहारलाई न्यूनतातर्फ अगाडि बढाउनु पर्ने हुन्छ । जसले अपराध कम गर्न सहजता उत्पन्न गर्नेछ भन्ने विश्वास लिन सकिनेछ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
- नबिललाई आठौँ पटक बढी कर तिर्ने बैंकको सम्मान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया