Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहाकुलुङ चक्रपथ निर्माणको काम ९० प्रतिशत सम्पन्न

महाकुलुङ चक्रपथ निर्माणको काम ९० प्रतिशत सम्पन्न


महेन्द्र शाही
सोलुखुम्बु, फागुन २९
महाकुलुङ चक्रपथ (रिङरोड) सडक निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष सागर किराँतीसहित टोलीले सोमबार उक्त सडक खण्डको निरीक्षण गर्दा निर्माणको १० प्रतिशत मात्रै काम बाँकी रहेको पाइएको गाउँपालिका अध्यक्ष सागर किराँतीले बताए । गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको रिङरोडले गाउँपालिकाको पाचवटै वडा केन्द्रलाई छुनेछ । जसको दूरी ४१ किलोमिटर रहेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए । निर्माणक्रममा मुद्दा परेकाले केही समय ढिला भएको अध्यक्ष किराँतीको भनाइ छ । अदालतको फैसलापछि अहिले निर्माणको कामले तीव्रता लिएको उनको भनाइ थियो ।

२०७४ फागुनदेखि निर्माण सुरु भएको रिङरोड सम्पन्न गर्न १० करोड लागत इस्टिमेट गरिएको छ । १० करोडको लागतमा सुरु भएको कामको हालसम्म साढे सात करोड खर्च भइसकेको गाउँपालिकाले जनाएको छ । सडकको निरीक्षणपश्चात् अबको दुई महिनाभित्र गौरवको आयोजनामध्ये एकवटा आयोजना रिङरोड निर्माण सम्पन्न हुने जनाइएको छ । बाह्रै महिना सञ्चालन हुने दाबी गरिएको रिङरोड निर्माण भएपछि गाउँपालिका केन्द्रसम्म आउँदा पाँच घण्टासम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरिएको छ ।

स्थानीय तहको निर्वाचनका बेला गरिएको प्रतिबद्धताअनुसार नै काम भइरहेको भन्दै महाकुलुङबासीले स्थानीय सरकारलाई धन्यवाद दिएका छन् । जनचाहनाअनुसारको काम भइरहेको भन्दै संघीयताको आभास भएको उनीहरुको भनाइ छ । स्थानीय सरकार आउनुपहिले सदरमुकाम सल्लेरीसम्म हिँडेर आउनुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x