१ लाख कर्मचारीलाई घरबाटै अफिसको काम गर्न अल्फाबेटको निर्देशन
अमेरिका, फागुन २९
गुगलको मातृकम्पनी अल्फाबेटले आफ्ना उत्तर अमेरिकी कर्मचारीलाई घरबाटै काम गरेर कोरोना संक्रमण घटाउन सहयोगका लागि आग्रह गरेको छ । गत हप्ता नै उसले वासिङटन स्टेटका कर्मचारीलाई पत्र पठाएको थियो । पछिल्लो आग्रहअनुसार उसले अमेरिका र क्यानडामा रहेका १ लाख कर्मचारीलाई घरबाटै काम गर्न भनेको हो । घरबाटै काम गर्न भन्नेमा अल्फाबेट पछिल्लो कम्पनी हो ।
हाल अमेरिकामा १ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । उत्तर अमेरिकामा रहेका कम्पनीका कार्यालयहरु भने खुल्नेछन् । आउनैपर्ने कर्मचारीको हकमा कार्यालय बन्द नगरिने कम्पनीले जनाएको छ । गत हप्ता मात्रै गुगलले पनि घरबाटै काम गर्न कर्मचारीलाई आग्रह गरेको थियो । यसबाहेक एप्पल, अमेजन, माइक्रोसफ्ट र फेसबुकले पनि कर्मचारीलाई घरबाटै काम गर्न भनिसकेका छन् । क्यालिफोर्नियामा र न्युयोर्कमा अल्फाबेटका ठूला कार्यालय छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया