बल्ल शून्यमा झ-यो दिल्लीमा कोभिड–१९
नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा राष्ट्रिय राजधानीमा कोभिड–१९ का कुनै नयाँ बिरामी अभिलेख भएको छैन । सन् २०२० को मार्चमा महामारी सुरु भएदेखि यहाँ संक्रमण शून्यमा झरेको पहिलो पटक हो ।
एएनआईका अनुसार दिल्ली स्वास्थ्य विभागले जारी गरेको स्वास्थ्य बुलेटिनअनुसार कोभिड–१९ पोजेटिभ दर ०.०० प्रतिशत रहेको तथा बितेका २४ घण्टामा संक्रमित नभेटिए पनि सहरमा सक्रिय बिरामी १० जना छन् । सोही अवधिमा नौ जना कोभिडका बिरामी स्वास्थ्य लाभ गरेर घर फर्केका तथा देशभर उक्त संख्या १९ लाख ८० हजार सात सय ८१ पुगेको छ । चार करोड छ लाख ५० हजार एक सय १९ जनाले परीक्षण गराएका छन् ।
देशभर जारी खोप अभियान प्रभावकारी रहेको जनाउँदै विभागले १५ जनालाई पहिलो डोज, ३२ जनालाई दोस्रो र १०३ जनालाई सावधानीको डोज लगाइएको छ । हालसम्म तीन करोड ७३ लाख ७० हजार छ सय छ सय ३६ जनाले खोप लगाइसकेका छन् । नयाँदिल्लीमा फैलिएका कोभिडका तीन लहरमध्ये सन् २०२१ को अप्रिल–मेको दोस्रो लहर सबैभन्दा घातक थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया