ठूलो घाटा व्यहोर्नुपर्ने क्याथे प्यासिफिकको प्रक्षेपण
हङकङ, फागुन २९
वायुसेवा कम्पनी क्याथे प्यासिफिकले यो वर्ष ठूलै घाटा हुने अनुमान प्रक्षेपण गरेको छ । यो वर्षको सुरुवातमै फैलिएको कोरोना भाइरसको कारण सुरुवाती छ महिनामा ठूलै घाटा हुने कम्पनीले जनाएको छ । क्याथे हङकङको वायुसेवा प्रदायक हो । गत वर्ष (२०१९ मा) पनि कम्पनीको नाफा २८ प्रतिशतले घटेको थियो । हङकङमा गत वर्ष राजनीतिक प्रदर्शनले चौपट भएको स्थिति सम्हालिन नपाउँदै कोरोनाले व्यवसाय नराम्ररी प्रभावित भएको छ । पछिल्लो भाइरस संक्रमणको सिधा असर पर्यटन, होटल र हवाइ क्षेत्रमा नराम्ररी परेको छ । कम्पनीका प्रमुख प्याट्रिक हिलेले सुरुवाती छ महिना वित्तीय हिसाबले निकै चुनौतीपूर्ण रहेको बताएका छन् ।
विश्वभर भाइरसकै कारण हजारौँ उडान रद्द भएका छन् । ब्रिटिश एयरवेज, -यानएयर, इजी जेटले अप्रिलसम्म इटालीका सबै उडान रद्द गरेका छन् भने नर्वेजियन एयर र अमेरिकन एयरलाइन्सले पनि सेवा कटौतीको घोषणा गरिसकेका छन् । कम्पनीले खर्च कटौती गर्न उडान घटाइसकेको छ । गत वर्ष कम्पनीले १ अर्ब ६९ करोड हङकङ डलर कुल नाफा देखाएको थियो । तर सन् २०१८ को तुलनामा यो नाफा पनि कम हो । उक्त वर्ष कम्पनीले २ अर्ब ३५ करोड एचके डलर नाफा आर्जन गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया