Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजार परिसुचक २१ सय ७८ बिन्दुमा

बजार परिसुचक २१ सय ७८ बिन्दुमा


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन नौ दशमलव एक अंकले ओरालो लागेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने पाँच दशमलव ७१ अंकले उकालो लागेर २१ सय ७८ दशमलव ८१ बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १५ अंकले उकालो लागेर चार सय १५ दशमलव पाँच बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ४६ वटा कम्पनीहरुको ५८ हजार छ सय ६५ पटक सेयर किनबेच भएको छ । जसअनुसार ८२ लाख ४७ हजार छ सय ४६ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार तीन अर्ब चार करोड ४५ लाख २९ हजार तीन सय २९ रुपैंयाँ पुग्न सफल भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये छ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने सात वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x