Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुरो क्षेत्रको ‘सन् २०२३ को अर्थव्यवस्था ‘सोचेभन्दा राम्रो’ हुने’

युरो क्षेत्रको ‘सन् २०२३ को अर्थव्यवस्था ‘सोचेभन्दा राम्रो’ हुने’


ब्रसेल्स । युरोपेली केन्द्रीय बैंक (ईसीबी) का प्रमुख क्रिस्टीन लेगार्डले युरो क्षेत्रकोे अर्थतन्त्र यस वर्ष सुरुमा सोचेभन्दा निकै राम्रो देखिएको बताएका छन् ।

डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा लेगार्डले भने, ‘पछिल्ला केही हप्तामा आर्थिक सुधारको पाटो निकै सकारात्मक भएको छ ।’

जर्मनीजस्ता केही ठूला अर्थतन्त्रले संकुचनलाई पूर्णतया पन्छाउँदै २० राष्ट्रको समूहमा मन्दीको चर्चाबीच ‘सामान्य संकुचन’ देखिएको उनले बताए ।

ईसीबीले सन् २०२३ मा युरो क्षेत्रमा ०.५ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको छ । ‘त्यसैले, यो एक शानदार वर्ष होइन, तर यो हामीले सोचेको भन्दा धेरै राम्रो छ’, लेगार्डले भने ।

गत वर्ष युक्रेनमा भएको युद्धका कारण बढेको ऊर्जाको मूल्य घट्न थालेपछि सुधारको आशा देखिएको हो । हल्का जाडो मौसमले पनि ग्याँसको अभावको डरलाई कम गर्न मद्दत गरेको छ ।

कम ऊर्जा लागतले युरो क्षेत्रको मुद्रास्फीति अक्टोबरमा १०.६ प्रतिशतमा पुगेको भए पनि गिरावट ल्याउन योगदान पु-याएको छ । उपभोक्ता मूल्य वृद्धि डिसेम्बरमा ९.२ प्रतिशतमा खुम्चिएको छ, जसले मुद्रास्फीतिले अन्ततः आफ्नो चरम सीमा पार गरेको आशालाई बढावा दिएको छ ।

यद्यपि लेगार्डले मुद्रास्फीति अझै पनि ‘धेरै उच्च’ रहेको बताएका छन् । रासस/एएफपी 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x