डिप्रोक्स लघुवित्त वित्तीय संस्था २२औँ वर्षमा प्रवेश
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड २१औँ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको छ । औपचारिक वित्तीय सेवाको पहुँचबाहिर रहेका विपन्न ग्रामीण परिवारलाई स्तरीय, दिगो तथा भरपर्दाे लघुवित्त सेवा उपलब्ध गराई उनीहरूको आर्थिक अवास्था सुधार्ने मुल उद्देश्य लिएर संस्था स्थापना भएको जानकारी उक्त संस्थाले दिएको छ ।
डिप्रोक्स–नेपाल, नविल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड (तत्कालीन लुम्बिनी फाइनान्स एन्ड लिजिङ कंम्पनी लिमिटेड) र सिप्रेड तथा लघुवित्त क्षेत्रका दक्ष व्यक्तिहरू समेतको संलग्नतामा नेपाल सरकार कम्पनी रजिष्ट्रार कार्यालयबाट मिति २०५७/०९/२८ मा कम्पनी दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०५८/०३/१९ मा इजाजत प्राप्त गरी स्थापित संस्थाले हाल देशको ७१ जिल्लामा एक सय ४९ शाखाहरूमार्फत दुई लाख ४३ हजारभन्दा बढी सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ ।
संस्थाको स्थापना दिवस कार्यक्रमलाई पानसमा बत्ती बालेर संस्थाका अध्यक्ष दिपक खनालले गरेका थिए भने संस्थाका प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा संस्थाका अध्यक्ष खनालले २० वर्षभन्दा बढी सेवा गरेका २८ जना कर्मचारीलाई दीर्घ सेवा पदक र प्रमाणपत्र प्रदान गरेका थिए । यसैगरी १५ वर्ष सेवा अवधि भएका १७ जना कर्मचारीहरूलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया