अन्तर्राष्ट्रिय श्रमिक नेता कटनलाई सम्मान
काठमाडौं । इन्टरनेसनल ट्रान्सपोर्ट वर्कस फेडेरेसनका महासचिव स्टिफन कटनलाई सम्मान गरिएको छ । नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र अखिल नेपाल यातायात मजदुर सङ्घले काठमाडौँमा एक समारोहको आयोजना गरी इन्टरनेसनल ट्रान्सपोर्ट वर्कस फेडेरेसन बेलायतका महासचिव कटनलाई सम्मान गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले विश्वस्तरको श्रमिक नेता स्टिफन नेपाल आउनु नेपाली श्रमिकका लागि गौरवको विषय भएको बताउनुभयो । कटनकोे नेपाल आगमनले नेपाली मजदुर आन्दोलनलाई बल पुग्ने उनको भनाइ थियो । सार्क ट्रेड युनियनका महासचिव लक्ष्मण बस्नेतले स्टिफनको नेपाल आउनुले नेपाली श्रमिकले विश्व श्रमिकको साथ र सहयोग पाएको बताए ।
फेडेरेसनका महासचिव कटनले नेपाली श्रमिकले आफूलाई गरेको मायाले आफू निकै खुसी भएको बताए । ‘म हिजो, आज र भोलि पनि तपाईँ नेपाली श्रमिकको पक्षमा हुनेछु’, उनले भने । फेडेरेसनका सदस्य एवं नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले नेपालको श्रमिकको हक, हित र अधिकारको पक्षमा आवाज उठाउने श्रमिक नेता स्टिफनको नेपाल आगमनले नेपाली श्रमिकलाई खुसी मिलेको बताए ।
इन्टरनेसनल ट्रान्सपोर्ट वर्कस फेडेरेसनमा विश्वका एक सय ५३ देशमा हवाई, रेल, सडक, पानीजहाज, बन्दरगाहा लगायतका क्षेत्रमा काम गर्ने दुई करोड श्रमिक सदस्यका रूपमा आबद्ध छन् । साथै विश्वका सात सय ५० युनियन आबद्ध छन् । फेडेरेसनको एक सय २७ वर्षको इतिहासमा प्रथम पटक सो संस्थाबाट कार्यकारी महासचिव नेपाल आएका हुन् । (रासस)
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया