काठमाडौं । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले विभिन्न संस्था र व्यक्तिको नाम उल्लेख गरी १२ विरुद्ध किटानी जाहेरी दिएकी छिन् ।
उनले आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने कसुरमा अनुसन्धान गरी कारबाही गरी पाऊँ भनी जिल्ला प्रहरी परिसर काठमाडौँमा किटानी जाहेरी दिएकी हुन् । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले अधिकारीबाट घटनाको अनुसन्धान गरी पाऊँ भनी किटानी जाहेरी परेको जानकारी दिए ।
काठमाडौँको नयाँ बानेश्वरमा यही माघ १० गते शरीरमा प्रज्वलनशील पदार्थको प्रयोग गरी आगो लगाउँदा गम्भीर घाइते भएका आचार्यको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा ११ गते बिहान निधन भएको थियो । आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा उल्लेख भएका व्यक्ति र संस्थाको नाम किटेर श्रीमती नानुकाले जाहेरी दिएकी छिन् छ ।
‘मृतक श्रीमान्ले आफ्नो फेसबुकमा आत्महत्या गर्नुअघि पोस्ट गरेको मृत्युकालीन घोषणालाई म जाहेरवालीले मेरो फेसबुकबाट उतारेको प्रमाण र मेरो शङ्काको आधारमा १२ कसुरदार रहेको किटानी जाहेरी पेश गर्दछु’, जाहेरीमा उल्लेख छ ।
जाहेरीमा आचार्यले फेसबुक स्ट्याटसमा नाम उल्लेख गरेको कलेज, विभिन्न कम्पनी र उद्योगीको नाम समावेश छन् । जाहेरीमा ‘उक्त घटना के कसरी घट्न गयो ? आवश्यक अनुसन्धान गरी पाऊँ’ उल्लेख छ ।(रासस)
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया