Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय अर्बपति अदानीले एकै दिन २० अर्ब डलर गुमाए

भारतीय अर्बपति अदानीले एकै दिन २० अर्ब डलर गुमाए


नयाँ दिल्ली । भारतीय अर्बपति गौतम अदानीले एकैदिन ठूलो परिमाणमा सम्पत्ति गुमाएका छन् । बीबीसीका अनुसार अमेरिकी कम्पनीले धोखाधडीको आरोप लगाएपछि लगातार दोस्रो दिन लगानीकर्ताले उनका कम्पनी छाडेपछि शुक्रबार एकै दिन २० अर्ब डलरभन्दा धेरै सम्पत्ति गुमाएका हुन् ।

अदानी ग्रुपले भने उक्त अमेरिकी लगानी कम्पनीको रिपोर्टलाई मालिसियसको संज्ञा दिँदै खारेज गरेको छ । भारतको प्रमुख प्रतिपक्षी दलले यसबारे अनुसन्धान गर्न सरकारसँग माग गरेको छ। उनका सार्वजनिक सूचीकृत कम्पनीहरुले ५० अर्ब डलरभन्दा धेरैको बजार मूल्य गुमाइसकेका छन् । अदानी इन्टरप्राइजेसको सेयर शुक्रबार २० प्रतिशतभन्दा धेरैले ओरालो लागेको थियो भने अन्य ग्रुपकै कम्पनीको पनि सेयरमा उच्च गिरावट आएको थियो । योसँगै विश्वको तेस्रो ठूलो धनी बनेका अदानी सातौँ स्थानमा झरेको फोब्र्स म्यागेजिनले जनाएको छ ।

संसारका धनाढ्यहरुको पछिल्लो समय सम्पत्ति गुमिरहे पनि अदानीले भने निरन्तर सम्पत्ति जोड्दै गएका थिए । पछिल्लो समय त उनले धनार्जनमा चर्चित अमेरिकी अर्बपति जेफ बेजोसलाई समेत पछि पारेका थिए । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x