Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको नयाँ शाखा गोरुसिङेमा

सिद्धार्थ बैंकको नयाँ शाखा गोरुसिङेमा


काठमाडौं, फागुन ३०
सिद्धार्थ बैंकले कपिलवस्तुको गोरुसिङेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुुधबार एक समारोहका बीच उक्त शाखाको उद्घाटन गरिएको बैंकले जानकारी दिएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पु-याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तारपश्चात् बैंकको कुल शाखा सञ्जाल संख्या एक सय ८३ (तीनवटा एक्सटेन्सन काउन्टरसहित) पुगेको छ । बैंकले हाल एक सय एकवटा शाखारहित बैंकिङ सेवा, दुुई सय पाँच वटा एटीएम र १६ सयभन्दा बढी पस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटीएम कार्ड सेवामार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x