Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई चिरायु नेसनल अस्पतालमा छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई चिरायु नेसनल अस्पतालमा छुट


काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक ग्राहकहरूलाई थप सेवा दिन काठमाडौंको बसुन्धरामा रहेको चिरायु नेसनल अस्पताल एन्ड मेडिकल संस्थानसँग विभिन्न सेवाहरूमा १० प्रतिशतसम्म छुट प्रदान गर्नेगरी सम्झौता गरेको छ ।

यस सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले चिरायु नेसनल अस्पतालमा विभिन्न सेवाहरूमा १० प्रतिशतसम्म विशेष छुट पाउन सक्नेछन् । बैंकको यस सहकार्यबाट बैंकका ग्राहकवर्गहरू लाभान्वित हुने र स्वास्थ्य उपचारमा पहुँच पुग्ने विश्वास बैंकले लिएको छ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x